बाजुरा ः मार्तडी बजारलाई स्वच्छ, सुन्दर, व्यवस्थित तथा हरित बजारका रुपमा विकास गर्ने उद्देश्यले सञ्चालन हुँदै आएको नियमित सरसफाइ अभियान अन्तर्गत आज पनि बजार सरसफाइ गरिएको छ।
मार्तडी बजार व्यवस्थापन समितिको अगुवाइमा प्रत्येक महिनाको १५ गते सञ्चालन हुँदै आएको अभियानमा जिल्ला प्रशासन कार्यालय, बडीमालिका नगरपालिका, उद्योग वाणिज्य संघ, जिल्ला प्रहरी कार्यालय, ईश्वरी गुल्म मार्तडी, जिल्ला स्वास्थ्य कार्यालय तथा जिल्ला खानेपानी व्यवस्थापन उपभोक्ता समिति मार्तडी लगायत निकायको सरसफाइ गरिएकाे हाे ।
सरसफाइ अभियानमा बडीमालिका नगरपालिकाका नगर प्रमुख अमर खड्का सहित नेपाल प्रहरी, सशस्त्र प्रहरी, व्यवसायी तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरुको सहभागिता रहेको थियो।
मार्तडी बजार व्यवस्थापन समितिका अध्यक्ष नवराज पाध्यायले बजारलाई सफा, सुन्दर र व्यवस्थित बनाउने अभियानलाई निरन्तरता दिइने बताउँदै अभियान सफल बनाउन सबै व्यवसायी, स्थानीयबासी तथा सरोकारवाला निकायको सहयोग आवश्यक रहेको बताएका छन्।
बजार क्षेत्रमा नियमित सरसफाइसँगै फोहोर व्यवस्थापन, स्वच्छता कायम गर्ने र बजारलाई हरित तथा व्यवस्थित बनाउने उद्देश्यले अभियान सञ्चालन हुँदै आएको समितिले जनाएको छ।





प्रतिक्रिया