गाैमुल खबर डटकम बिहीबार २१, साउन २०८३ ०४:०४

बडीमालिकाका सामुदायिक विद्यालयमा प्रविधिको पहुँच विस्तार, २४ ल्यापटप वितरण

बाजुरा
गाैमुल खबर गाैमुल खबर
बिहीबार, साउन १४, २०८३
बडीमालिकाका सामुदायिक विद्यालयमा प्रविधिको पहुँच विस्तार, २४ ल्यापटप वितरण

बाजुरा ः बडीमालिका नगरपालिकाले नगरभित्र रहेका सामुदायिक विद्यालयमा प्रविधिको पहुँच विस्तार गर्ने उद्देश्यले ल्यापटप, प्रिन्टर र स्मार्ट बोर्ड वितरण गरेको छ।

नगरपालिकाले उपलब्ध गराएको विवरण अनुसार विभिन्न २४ सामुदायिक विद्यालयलाई २४ वटा ल्यापटप, १० वटा प्रिन्टर र १४ वटा स्मार्ट बोर्ड वितरण गरिएको हो।

शैक्षिक गतिविधिलाई प्रविधिमैत्री बनाउँदै शिक्षण सिकाइलाई थप प्रभावकारी र गुणस्तरीय बनाउने उद्देश्यले विद्यालयहरुलाई उक्त सामग्री उपलब्ध गराइएको फाेकल पर्सन कृष्ण खड्काले बताएका छन् ।

नगर प्रमुख अमर खड्का र उपप्रमुख नन्दाकुमारी थापाले सम्बन्धित विद्यालयका प्रधानाध्यापकहरुलाई उक्त शैक्षिक सामग्री हस्तान्तरण गरेका हुन्।

प्रविधिमा आधारित शिक्षण सिकाइको बढ्दो आवश्यकतालाई मध्यनजर गर्दै विद्यालयहरूमा ल्यापटप, प्रिन्टर तथा स्मार्ट बोर्ड उपलब्ध गराइएको नगरपालिकाले जनाएको छ।

स्मार्ट बोर्डको प्रयोगले कक्षाकोठामा श्रव्य-दृश्य सामग्री मार्फत अध्यापन गर्न सहज हुने तथा ल्यापटप र प्रिन्टरले विद्यालयका प्रशासनिक तथा शैक्षिक गतिविधिलाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

नगरपालिकाको यो पहलले सामुदायिक विद्यालयमा डिजिटल प्रविधिको प्रयोग बढाउनुका साथै विद्यार्थीको सिकाइमा नवीनता र प्रभावकारिता ल्याउने विश्वास गरिएको छ।

प्रतिक्रिया