गाैमुल खबर डटकम बिहीबार २१, साउन २०८३ ०३:०३

सुदूरपश्चिमका सात जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

बाजुरा
गाैमुल खबर गाैमुल खबर
बुधबार, साउन १३, २०८३
सुदूरपश्चिमका सात जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

बाजुरा ःसुदूरपश्चिमका सात जिल्लाका साना नदीहरूमा आकस्मिक बाढीको मध्यम जोखिम रहेको छ ।आज दार्चुला, बझाङ, बैतडी, डडेल्धुरा, डोटी, कैलाली, कञ्चनपुर र आसपासका जिल्लाका साना नदीहरूमा पनि आकस्मिक बाढी आउन सक्ने जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज बिहानको मापनमा कर्णाली र महाकालीसहित तिनका सहायक नदीहरूमा जलसतह सतर्कता तहभन्दा तलै छ। भोलि सुदूरपश्चिम प्रदेशका केही साना नदीहरूमा बहाव एक्कासि बढ्न सक्ने अनुमान गरिएको छ । त्यसैगरी पर्सि पनि सुदूरपश्चिम प्रदेश भई बहने केही साना नदीहरूमा पनि आकस्मिक बाढीको सम्भावना रहेको छ ।

प्रतिक्रिया