गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०३:२१
Dho

बडीमालिकाका स्थानीय सेनाले चढाए मालिका मन्दिरमा शिवजीको मूर्ति

बाजुरा
गाैमुल खबर गाैमुल खबर
शुक्रबार, माघ ०५, २०८०

बाजुरा : बाजुराको बडीमालिका नगरपालिका घर भई नेपाली सेनाका विभिन्न युनिटमा कार्यरत सैनिकहरुले मालिका मन्दिरमा शिव जी र नन्दी (साँडे) को मूर्ति चढाएका छन् । बडीमािलका नगरपालिका घर भई नेपाली सेनाका विभिन्न युनिटमा कार्यरत शैनिकहरुले व्यक्तिगत रुपमा रकम संकलन गरी मालिका मन्दिरमा १ लाख २९ हजार ५ सय ५५ रकम बराबरको शिवजी र नन्दी (साँडे) को मूर्ति चढाएको बडीमालिका–७ का नेपाली सेनामा कार्यरत मनरुप जैशीले बताएका छन् ।

बाजुराका स्थानीय सेनाले चढाए मालिका मन्दिरमा शिवजीको मुर्ति

उनका अनुसार विस २०६२ साल असोज १७ गते नेपाली सेनाको श्री हनुमान ध्वज गुल्ममा सि.सं.१ सैन्य आधार तालिम पूरा गरी हाल नेपाली सेनाका विभिन्न पल्टनमा कार्यरत रहेका बडीमालिका नगरपालिका अन्तर्गतका बहालवाला २२ जना सैनिकहरुले व्यक्तिगत रकम संकलन गरी मालिका मन्दिरमा भगवान शिवजीको मूर्ति चढाइएको हो । पुस शुक्ल नवमीको शुभ साईत पारेर शुक्रबार विहान मार्तडी बजार परिसरमा बाजागाजा सहित परिक्रमा गर्दै मालिका मन्दिरमा विशेष पुजापाठ गरेर शिवजीको प्रतिमा स्थापना गरिएको हो ।

प्रतिक्रिया