बाजुरा ः गौमुल गाउँपालिका-४ को वडा कार्यालयमा बुधबार एकैदिन तीनवटा महत्वपूर्ण बैठक सम्पन्न भएका छन् । वडा कार्यालय निलासैनमा विपद् व्यवस्थापन समिति, स्वास्थ्य व्यवस्थापन समिति तथा वडा समितिको बैठक आयोजना गरी वडासँग सम्बन्धित विभिन्न विषयमा विस्तृत छलफल तथा आवश्यक निर्णय गरिएको हो ।
बैठकमा विपद् जोखिम न्यूनीकरण तथा पूर्वतयारी, स्थानीय स्वास्थ्य सेवाको गुणस्तर सुधार, सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उपाय, विकास निर्माणका प्राथमिकता तथा वडाका समसामयिक विषयमा गहन छलफल भएको हो ।
वडाबासीलाई सहज, प्रभावकारी र गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले भएका छलफलबाट विभिन्न विषयमा आवश्यक निर्णय गरिएको छ ।
वडाको समग्र विकासलाई थप गतिशील बनाउने, स्थानीय समस्याको समयमै समाधान खोज्ने तथा जनप्रतिनिधि र सरोकारवालाबीच समन्वयलाई अझ प्रभावकारी बनाउने विषयमा समेत साझा प्रतिबद्धता व्यक्त गरिएको वडा अध्यक्ष अमर विकले बताएका छन् ।
वडा अध्यक्ष विकले जनताको अपेक्षा अनुरुप पारदर्शी, उत्तरदायी र परिणाममुखी सेवा प्रवाहलाई प्राथमिकतामा राखेर वडा कार्यालयले काम गरिरहेको उल्लेख गरेका छन् ।
स्थानीय सरकारका गतिविधिलाई व्यवस्थित र प्रभावकारी बनाउन नियमित रुपमा यस्ता बैठक सञ्चालन गरिनु सकारात्मक अभ्यास भएको स्थानीयबासीले बताएका छन् ।






प्रतिक्रिया