गाैमुल खबर डटकम बुधबार २४, भदौ २०८३ १२:४१

‘गरिबी होइन, गरिबलाई अपमान गर्ने अभ्यासमा बालेन सरकार’ : कर्णबहादुर थापा

मुगुका गणेश नेपाली र सुकुम्बासीको पीडालाई बेवास्ता गरिएको दाबी
बाजुरा
गाैमुल खबर गाैमुल खबर
शुक्रबार, असार २६, २०८३
‘गरिबी होइन, गरिबलाई अपमान गर्ने अभ्यासमा बालेन सरकार’ : कर्णबहादुर थापा

बाजुरा ः नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा पूर्व उद्योगमन्त्री कर्णबहादुर थापाले प्रधानमन्त्री तथा रास्वपा वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) को नेतृत्वप्रति तीव्र आलोचना गरेका छन् ।

सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै थापाले बालेन नेतृत्वले “पुँजीवादीको कुरुप अभ्यासलाई नेपालमा सही सावित गर्न खोजेको” आरोप लगाएका छन् ।

उनले गरिबीको अन्त्य गर्नुको सट्टा गरिब नागरिकलाई घृणा र अपमान गर्ने प्रवृत्ति देखिएको टिप्पणी गरेका छन् । थापाले असमानता र विभेदलाई “पूर्वजन्मको फल” का रुपमा व्याख्या गर्ने सोचलाई सरकारको दार्शनिक मान्यता भएको आरोप लगाउँदै वास्तविक समस्याको गहिराइमा पुगेर मात्रै सही समाधान खोज्नुपर्ने बताएका छन् ।

उनले मुगुका गणेश नेपालीको घटनालाई उल्लेख गर्दै गरिबी र अपमानका कारण मानिस आत्मदाहजस्तो कठोर निर्णय गर्न बाध्य भएको दाबी गरेका छन् । साथै, देशभरका सुकुम्बासीहरुको पीडा र चित्कार समेत बालेन नेतृत्वका लागि बेवास्ताको विषय बनेको आरोप उनले लगाएका छन् ।
 

प्रतिक्रिया