गाैमुल खबर डटकम बुधबार २४, भदौ २०८३ १२:२८

गौमुल-३ माझपालीमा सार्वजनिक सुनुवाइ सम्पन्न, आर्थिक वर्ष २०८२/८३ का गतिविधि सार्वजनिक

बाजुरा
गाैमुल खबर गाैमुल खबर
आइतबार, असार २१, २०८३
गौमुल-३ माझपालीमा सार्वजनिक सुनुवाइ सम्पन्न, आर्थिक वर्ष २०८२/८३ का गतिविधि सार्वजनिक

बाजुरा ः बाजुराको गौमुल गाउँपालिका-३ माझपालीमा आर्थिक वर्ष २०८२/८३ को सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ।

वडा अध्यक्ष गोरख बोहराको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा सदस्य, स्थानीय जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि, बुद्धिजीवी, सरोकारवाला निकाय तथा स्थानीयबासीको सहभागिता रहेको थियो।

कार्यक्रममा वडा कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन गरेका विकास निर्माण, सेवा प्रवाह, सामाजिक विकास, पूर्वाधार निर्माण तथा अन्य कार्यक्रमहरुको प्रगति विवरण वडा सचिव मनिषा रोकायाले सार्वजनिक गरेकी हुन् ।

सार्वजनिक सुनुवाइमा सहभागीहरुले वडाले प्रदान गर्दै आएको सेवा प्रवाह, विकास निर्माणका कार्य तथा आगामी दिनमा सुधार गर्नुपर्ने विषयमा आफ्ना जिज्ञासा, सुझाव र धारणा राखेका थिए।

उठेका प्रश्न तथा सुझावहरुको वडा अध्यक्ष गोरख बोहरा र सम्बन्धित पदाधिकारीहरुले जवाफ दिँदै आगामी दिनमा अझ प्रभावकारी, पारदर्शी र जनउत्तरदायी ढंगले सेवा प्रवाह गरिने प्रतिबद्धता व्यक्त गरिएकाे छ ।

स्थानीय सरकार सञ्चालनमा पारदर्शिता, सुशासन, जवाफदेहिता तथा नागरिक सहभागिता अभिवृद्धि गर्ने उद्देश्यले सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरिएको वडा कार्यालयले जनाएको छ।

प्रतिक्रिया