गाैमुल खबर डटकम बुधबार २४, भदौ २०८३ १२:२८

मनसुन प्रणाली आजदेखि देशभर फैलियो

काठमाडौं 
गाैमुल खबर गाैमुल खबर
मङ्गलबार, असार १६, २०८३
मनसुन प्रणाली आजदेखि देशभर फैलियो

काठमाडौं : यस वर्षको मनसुन प्रणाली आजदेखि देशभर फैलिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार यस वर्ष मनसुन  सरदर मिति भन्दा ६ दिन ढिलो नेपाल प्रवेश गरेको थियो। देशैभर मनसुन विस्तार हुन यस वर्ष १२ दिन लागेको छ।

नेपालमा यस वर्षको मनसुन जुन १९ मा देशको पूर्वी भू-भागबाट प्रवेश गरी कोशी प्रदेशको केही भू-भागमा विस्तार भएको थियो।

जुन २२ मा कोशी प्रदेशको बाँकी सम्पूर्ण भू-भाग, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी प्रदेशको पूर्वी भू-भागको थोरै स्थानमासम्म विस्तार भएको थियो। नेपालमा मनसुन साधारणतया जुन १३ तारिखमा देशको पूर्वी भू-भागबाट प्रवेश गरी एक हप्ता भित्र विस्तार हुने गर्छ। 

प्रतिक्रिया