गाैमुल खबर डटकम बुधबार २४, भदौ २०८३ १२:२७

आज-भोलि भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

बाजुरा
गाैमुल खबर गाैमुल खबर
मङ्गलबार, असार १६, २०८३
आज-भोलि भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

बाजुरा ः मौसम पूर्वानुमान महाशाखाले आज र भोलि देशका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको जनाएको छ।

मनसुनी गतिविधि सक्रिय भएसँगै कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका केही स्थानमा चट्याङसहित भारी वर्षा हुने र एक-दुई स्थानमा धेरै भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ।

बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीका कारण जलवाष्पयुक्त हावाको प्रवाह बढेकाले वर्षा तीव्र हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

भारी वर्षाका कारण बाढी, पहिरो, भूक्षय तथा सहरी क्षेत्रमा डुबानको जोखिम रहने भएकाले नदी-नाला आसपास र जोखिमयुक्त क्षेत्रमा आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।

प्रतिक्रिया