बाजुरा ः बडीमालिका नगरपालिका-३ रजालीका युवा टेकेन्द्र रावलको उपचारका क्रममा निधन भएको छ। करिब एक महिनादेखि अस्वस्थ रहेका रावलको उपचार भइरहेको अवस्थामा सेती प्रादेशिक अस्पताल मा निधन भएको हो।
अन्दाजी २४ वर्षको कलिलो उमेरमै उनको असामयिक निधन भएपछि परिवार, आफन्त र गाउँ नै शोकमा डुबेको छ। जीवनका थुप्रै सपना बोकेका एक युवा अचानक सधैंका लागि बिदा भएपछि रजाली गाउँमा शोकको वातावरण छाएको छ।
मृदुभाषी, मिलनसार र सबैसँग आत्मीय सम्बन्ध राख्ने स्वभावका टेकेन्द्रको निधनले उनलाई चिन्ने सबैलाई स्तब्ध बनाएको छ। सामाजिक सञ्जालमार्फत आफन्त, साथीभाइ तथा शुभेच्छुकहरूले श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना प्रकट गरिरहेका छन्।





प्रतिक्रिया