गाैमुल खबर डटकम बुधबार २४, भदौ २०८३ १२:४०

अबको ३ दिन देशका विभिन्न प्रदेशमा अत्यधिक वर्षा हुने

बाजुरा
गाैमुल खबर गाैमुल खबर
आइतबार, असार १४, २०८३
अबको ३ दिन देशका विभिन्न प्रदेशमा अत्यधिक वर्षा हुने

काठमाडौं : आजदेखि आउँदो मंगलबारसम्म देशका विभिन्न स्थानमा अत्यधिक वर्षा हुने भएको छ। जल तथा मौसम विज्ञान विभागले आज उक्त जानकारी दिएको हो।

विभागका अनुसार आइतबार कोशी प्रदेशका पहाडी र तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

विभागले सोमबार कोशी प्रदेशका पहाडी र तराईका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको जनाएको छ। मधेश, बागमती, गण्डकी प्रदेशको एक-दुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको छ।

मंगलबार कोशी प्रदेशका पहाडी र तराईका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। मधेश र गण्डकी प्रदेशको एक-दुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। 

प्रतिक्रिया