गाैमुल खबर डटकम बुधबार २४, भदौ २०८३ १२:५३

शनिबार देशका यी स्थानमा हुनेछ वर्षा, केही ठाउँमा तातो लहर चल्ने सम्भावना

बाजुरा
गाैमुल खबर गाैमुल खबर
शनिबार, असार १३, २०८३
शनिबार देशका यी स्थानमा हुनेछ वर्षा, केही ठाउँमा तातो लहर चल्ने सम्भावना

काठमाडौं : शनिबार देशका हिमाली र पहाडी भू-भाग साथै मधेश प्रदेश र कोशी प्रदेशका तराई भू-भागमा साधारणतया बादल लाग्नेछ। बागमती, गण्डकी, लुम्बिनी प्रदेशको तराई भू-भागमा आंशिक बादल लाग्नेछ। सुदूरपश्चिम प्रदेशको तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।

जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका केही स्थानमा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागका थोरै स्थानमा मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ।

कोशी प्रदेशका तराई भू-भाग तथा मधेश प्रदेशका थोरै स्थानमा, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराईका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका थोरै स्थानहरूमा तातो लहर हुने सम्भावना रहेको विभागले जनाएको छ।

शनिबार राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्नेछ, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ।

कोशी प्रदेशका तराई भू-भाग तथा मधेश प्रदेशको केही स्थानमा, बागमती र गण्डकी प्रदेशका तराईका थोरै स्थानमा, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी प्रदेशका पहाडी र तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ। 

प्रतिक्रिया