गाैमुल खबर डटकम बिहीबार २१, साउन २०८३ ०४:०४

चार दिनदेखि अत्तोपत्तो छैन धनबहादुरको, परिवार चिन्तित

बाजुरा
गाैमुल खबर गाैमुल खबर
बिहीबार, असार ११, २०८३
चार दिनदेखि अत्तोपत्तो छैन धनबहादुरको, परिवार चिन्तित

बाजुरा ः बाजुराको बडीमालिका नगरपालिका-८ थापाबाडा निवासी अन्दाजी २९ वर्षीय धनबहादुर थापा विगत चार दिनदेखि परिवारको सम्पर्कमा नआएको भन्दै परिवारले खोजी कार्यमा सहयोग गरिदिन सबैमा अनुरोध गरेको छ।

परिवारका अनुसार थापा पछिल्लो समय मार्तडीस्थित जीप काउन्टरमा कार्यरत थिए। तर चार दिनदेखि उनीसँग कुनै सम्पर्क हुन नसकेको र हालसम्म उहाँको अवस्था तथा ठेगाना खुल्न नसकेको जनाइएको छ।

परिवारजनले आफन्त, साथीभाइ तथा सर्वसाधारणलाई खोजी कार्यमा सहयोग गरिदिन आग्रह गरेका छन्। थापालाई कसैले देख्नुभएको भए वा उहाँबारे कुनै जानकारी प्राप्त भएमा नजिकको प्रहरी कार्यालय वा परिवारजनलाई तत्काल जानकारी गराइदिन अनुरोध गरिएको छ।

परिवारले सुरक्षित रुपमा घर फर्किन तथा उहाँको अवस्थाबारे जानकारी प्राप्त हुने अपेक्षा गर्दै खोजी कार्यमा सहयोग गरिदिन सबैमा अपिल गरेको छ।

प्रतिक्रिया