गाैमुल खबर डटकम आइतबार ०४, असोज २०८३ ०१:४९

घरभित्र पसेको सर्पको साहसी उद्धार : स्थानीय युवा नरेन्द्र थापाको प्रशंसनीय कार्य

बाजुरा
गाैमुल खबर गाैमुल खबर
सोमबार, असार ०८, २०८३
घरभित्र पसेको सर्पको साहसी उद्धार : स्थानीय युवा नरेन्द्र थापाको प्रशंसनीय कार्य

बाजुरा ः बाजुराको सदरमुकाम मार्तडी नजिक रहेको बाउली गाउँमा एक घरभित्र पसेको सर्पलाई स्थानीय युवा नरेन्द्र थापाले सुरक्षित रुपमा उद्धार गरेका छन्।

घरभित्र सर्प देखिएपछि स्थानीयबासी त्रसित बनेका थिए। सूचना पाए लगत्तै घटनास्थल पुगेका थापाले सावधानीपूर्वक सर्पलाई नियन्त्रणमा लिएर सुरक्षित स्थानमा छाडेका हुन्। उनको साहसी र जिम्मेवार कार्यले स्थानीयबासीलाई ठूलो राहत मिलेको छ।

सर्प घरभित्र प्रवेश गरेपछि परिवारका सदस्यहरु डराएका थिए। तर थापाले कुनै क्षति नपुर्‍याई सर्पको उद्धार गरी मानव र वन्यजन्तुबीचको सहअस्तित्वको सन्देश दिएका छन्।

स्थानीयबासीहरुले थापाको साहस र सामाजिक उत्तरदायित्वको प्रशंसा गर्दै यस्ता कार्यले वन्यजन्तु संरक्षणमा समेत सकारात्मक योगदान पुग्ने बताएका छन्।

घर तथा बस्ती क्षेत्रमा सर्प देखिएमा आफैं जोखिमपूर्ण प्रयास नगरी सम्बन्धित निकाय वा अनुभवी व्यक्तिको सहयोग लिनुपर्ने सरोकारवालाहरुको सुझाव छ।

प्रतिक्रिया