गाैमुल खबर डटकम बुधबार ०३, असार २०८३ ०२:४६

भीरबाट लडेर २ जनाको मृत्यु

बाजुरा
गाैमुल खबर गाैमुल खबर
सोमबार, जेठ १८, २०८३
भीरबाट लडेर २ जनाको मृत्यु

बाजुरा ः बडीमालिका नगरपालिकामा भीरबाट लडेर आइतबार दुई जनाको मृत्यु भएको छ । सोही नगरपालिका-१ पाटाका ६० वर्षीय मानबहादुर दानीको वनमा घाँस काट्न गएका बेला भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक गगनसिंह भाटले जानकारी दिए।

यस्तै, सोही नगरपालिका-६ कोर्धका बलबहादुर खड्काकी छोरी छ वर्षीया जसना खड्काको पनि भीरबाट लडेर मृत्यु भएको छ । प्रहरी निरीक्षक भाटका अनुसार गाउँ नजिकैको वनमा आमासँग घाँस काट्न गएका बेला भीरबाट चिप्लिएर निजको मृत्यु भएको हो ।

प्रतिक्रिया