गाैमुल खबर डटकम बुधबार ०३, असार २०८३ ०२:४२

गौमुल गाउँपालिकामा पीसविन नेपालद्धारा युवा अनुकूलन तालिम

गाैमुल खबर गाैमुल खबर
बुधबार, जेठ १३, २०८३
गौमुल गाउँपालिकामा पीसविन नेपालद्धारा युवा अनुकूलन तालिम

बाजुरा : गौमुल गाउँपालिकामा युवाहरुलाई युवा अनुकूलन तालिम दिइएको छ । प्लान इन्टरनेशनल नेपाल र पीसविन नेपालको सहकार्यमा सञ्चालित आभा परियोजनाको आर्थिक सहयोगमा ३ दिनसम्म तालिम दिएको हो ।

गौमुल गाउँपालिकाको सभाहलमा जेठ १० गते आइतबार सुरु गरिएको प्रयोगात्मक तीन दिने युवा अनुकूलन तालिम जेठ १२ गते मंगलबार सम्पन्न गरिएको पीसविन नेपाल गौमुल सुपरभाईजर बिरेन्द्र रावलले बताएका छन् ।

तालिममा वडा नं.१, ४, ५ र ६ का गरी जम्मा ३० जना युवा तथा किशोरी क्लवका पदाधिकारीहरु सहभागिता रहेको थियो ।तालिमको प्रशिक्षण जिल्ला रेडक्रस सोसाइटीका जिविकोपार्जन अधिकृत प्रविन सुवेदी, सामाजिक परिचालक राजेश सुनार र मोहन रावतले गरेका थिए । 

तालिममा जलवायु परिवार्तनका कारण र त्यसले मानव जीवनमा पार्ने सक्ने असर, दैविक प्रकोप सम्बन्धी जानकारीसहित जलवायु विपद् सम्बोधनका गतिविधिको बारेमा सिकाईएको हो । 

तालिम अवधिमा सहभागिहरुले ६ हप्ताको कार्ययोजना तयार पारी कार्यान्वयनमा जोड दिने प्रतिवद्धता व्यक्त गरेका थिए । पछिल्लो समय जलवायु परिवर्तनका जोखिमपूर्ण संकेत देखिन थालेकाले जलवायु परिवर्तनको न्यूनीकरण एंव अनुकूलनका निम्ति युवाहरुलाई तालिम दिइएको सुपरभाईजर रावलले बताए ।

तालिमको समापन पीसविन केन्द्रीय कार्यसमिति सदस्य धनलक्ष्मी जैशीले गर्नुभएको थियो । समापन कार्यक्रममा गौमुल गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख राम नाथ, रेडियो गौमुलका समाचार प्रमुख प्रमित वि.क लगायतको उपस्थित रहेको थियो ।

कार्यक्रमको सञ्चालन पीसविन नेपालका गौमुल सुपभाईजर बिरेन्द्र रावलले गरेका थिए । पीसविन नेपालले विगत लामो समयदेखि समुदाय स्तरमा बाल सुरक्षा, बालविवाह न्यूनीकरण, लैगिंक हिंसा न्यूनीकरण, जातीय विभेदविरुद्धका गतिविधि, महिलाको सम्मान सहभागिता लगायतका सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेको छ ।

प्रतिक्रिया