गाैमुल खबर डटकम बुधबार २४, भदौ २०८३ १२:४०

गौमुल गाउँपालिका २ को जनज्योति माविमा त्रिपक्षीय शैक्षिक संवाद

गाैमुल खबर गाैमुल खबर
बिहीबार, जेठ ०७, २०८३
गौमुल गाउँपालिका २ को जनज्योति माविमा त्रिपक्षीय शैक्षिक संवाद

बाजुरा : गौमुल गाउँपालिका २ मा रहेको जनज्योति माध्यमिक विद्यालयमा त्रिपक्षीय शैक्षिक संवाद तथा छफल गरिएको छ । २०८२ सालको समिक्षा, शैक्षिक गुणस्तर र आगामीक गतिविधिका बारेमा त्रिपक्षीय छलफल गरिएको हो । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम बहादुर रोकायाको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको प्रमुख अतिथिमा वडाध्यक्ष देव बहादुर रोकाया रहनुभएको थियो । 

संवाद कार्यक्रममा विद्यालय पोशाक, दिवा खाजा, शैक्षिक गुणस्तर वृद्धि लगायतका विषयमा छलफल गरिएको हो । विद्यालय दिवा खाजाका लागि खाद्यान्न ढुवानी र व्यवस्थापन गर्न समूहलाई जिम्मेवारी दिएको छ । भने विद्यार्थीका लागि नयाँ पोशाक ट्र्याक लागु गर्ने निर्णय समेत गरिएको छ ।     

कार्यक्रममा वडाध्यक्ष देव बहादुर रोकायाले शैक्षिक गुणस्तर वृद्धि  गर्न सबै पक्ष थप जिम्मेवार बन्नुपर्ने बताएका छन् । उनले भने बालबालिका परिवारको खुसी मात्र नभएर देशको भविष्य हुन्, उनीहरुलाई समयोचित शिक्षा दिक्षा र सकारात्मक बाटोमा डोर्याउन सबैले सक्रिय भूमिका खेल्न आवश्यक रहेको छ । 

उनले विद्यालयमा पठनपाठनको अवस्था, नियमित मुल्याङ्कन तथा अनुगमन आवश्यकता अनुसारको अध्ययन र अध्यापनमा ध्यान दिने हो भने विद्यालयको स्तर वृद्धि हुँदै जाने भएकाले त्यसतर्फ ध्यान दिन सुझाव दिएका थिए । 

विद्यार्थी, शिक्षक र अभिभावकका शैक्षिक गुनासा तथा सुझाव सुन्ने र सम्बोधन गर्ने संयन्त्रको विकास गर्न समय समयमा विद्यालयमा अन्तरक्रिया तथा संवाद जस्ता कार्यक्रम सञ्चालन गरिदै आएका वडाध्यक्ष रोकायाले बताए ।

शिक्षक कृष्ण राेकायाले सञ्चालन गरेकाे कार्यक्रममा जनप्रतिनिधि, शिक्षक, अभिभावक, संस्थाका प्रमुख तथा प्रतिनिधि, राजनीतिक दल, समाजसेवि, बुद्धिजिवी लगायतको बाक्लो उपस्थिति रहेको थियो ।         

प्रतिक्रिया