बाजुरा : गौमुल गाउँपालिकामा मुक्त हलिया समुदायको सार्वजनिक सेवाहरुमा पहुँच सुधार गर्न स्थानीय जनप्रतनिधिहरुसंग पालिका स्तरीय वकालत अन्तरक्रिया गरिएको छ ।
गाउँपालिकाको समन्वय तथा राष्ट्रिय मुक्त हलिया समाज महासंघ नेपालको आयोजनामा मुक्त हलिया पुनःस्थापना कार्यविधिको कार्यान्वयन, स्रोत विनियोजन, स्रोत परिचालनका विषयमा अन्तरक्रिया गरिएको हो ।
स्थानीयदेखि मानव अधिकार वकालत मार्फत नेपालमा सिमान्तकृत समुदाय र सामाजिक रुपमा बहिष्कृत जनसंख्याको सशक्तिकरण एल.टुजी परियोजना अन्र्तगत जनप्रतिनिधिहरुसंग पुनःस्थापना मुक्त हलिया तथा खलिया कार्यविधि सम्बन्धी व्यापक छफल गरिएको हो ।
अन्तरक्रियामा २०८२ असार ९ गते पालिकाले निर्माण गरेको कार्यविधि कार्यान्वयन कार्य अगाडी बढाईने छलफलमा निष्कर्ष निकालिएको छ । कार्यक्रममा छुट मुक्त हलिया र खलियाको लगत्तै ६ वटै वडामा लागत संकलन गर्न निर्णय समेत गरिएको छ ।
गाउँपालिकाको सभाहलमा सञ्चालन भएको अनतरक्रिया कार्यक्रमको सहजीकरण राष्ट्रिय मुक्त हलिया समाज महासंघ नेपालका सामुदायिक परिचालक जन्सरी सार्कील गर्नुभएको थियो । ६ वटै वडाका वडाध्यक्षको संयोजकत्व र हलिया प्रतिनिधि तथा वडा सचिवको सदस्यतामा लागत संकलन समिति गठन गरी समुदाय स्तरमा लागत संकलन गरिने सार्कीले बताएकी छन् ।
कार्यक्रममा हलिया समुदायको सेवा पहुँच विस्तार र पुर्नःस्थापन गर्नका लागि बजेट विनियोजन गर्ने विषयमा समेत छफल गरिएको उनले बताएकी छन् । ८ वटा स्थानीयमा कार्यविधि पास भएको भएपनि कार्यान्वयन नहुँदा मुक्त हलिया र खलिया विभिन्न सेवाबाट वञ्चित भएको स्मरण गर्दै तत्कालै कार्यविधि कार्यान्वयन गरी उनीहरुलाई सेवाको पहुँचमा ल्याउन उनले आग्रह गरेकी छन् ।
कार्यक्रमको समापन गर्दै गाउँपालिका प्रवक्ता देव बहादुर रोकायाले कार्यविधि कार्यान्वयन गर्ने विषयमा आफूहरु गम्भीर रुपमा लागिरहेका बताएका छन् । अब सबै वडाहरु मुक्त हलिया र खलियाको एकीन डाटा संकलन गरी सेवा विस्तारको कार्यलाई अगाडी बढाउँने उनले बताए ।
वडा नं.५ का वडाध्यक्ष कलक सिंहको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा वडा नं.१ का वडाध्यक्ष देवेन्द्र बहादुर रोकाया, २ का वडाध्यक्ष देवबहादुर रोकाया, ४ का वडाध्यक्ष अमर बहादुर वि.क, ६ का वडाध्यक्ष प्रकाश बहादुर राेकाया, निमित्त कार्यालय प्रमुख कमला रेग्मी, विभिन्न शाखाका प्रमुख एवं प्रतिनिधि, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।





प्रतिक्रिया