गाैमुल खबर डटकम बुधबार २४, भदौ २०८३ १२:४०

बाजुरा आउदै गरेको जीप अछाममा दुर्घटना : यस्तो छ घाईतेको अवस्था

बाजुरा
गाैमुल खबर गाैमुल खबर
बुधबार, जेठ ०६, २०८३
बाजुरा आउदै गरेको जीप अछाममा दुर्घटना : यस्तो छ घाईतेको अवस्था

बाजुरा ः अछामको साँफेबगर नगरपालिका-२ स्वाँरबाडास्थित पहलमान सिंह स्वाँर मार्गमा बोलेरो जीप दुर्घटना हुँदा चालक सहित ५ जना घाइते भएका छन् ।

बुधबार बिहान करिब ६ः५० बजे धनगढीबाट बाजुरातर्फ आउँदै गरेको से १ ज ५४१ नम्बरको बोलेरो जीप अनियन्त्रित भई सडकबाट करिब ६० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा चालक बाजुराको खप्तड छेडेदह गाउँपालिका-३ निवासी टेकेन्द्र रावत घाइते भएका छन् । उनको बायाँ खुट्टा भाँचिएको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

त्यस्तै बाजुराको बुढीगंगा नगरपालिका-५ बस्ने अन्दाजी ४१ वर्षीया देबु खातीको छातीमा चोट लागेको छ । उनका श्रीमान ५३ वर्षीय नृप खातीको दाहिने हात र बायाँ आँखामा चोट लागेको प्रहरीले जनाएको छ ।

यस्तै बुढीगंगा नगरपालिका-९ की ३४ वर्षीया उज्जला सेरला घाइते भएकी छन् । उनको बायाँ खुट्टामा चोट लागेको छ । साथै ८० वर्षीया बैरागी सेरेलाको छाती र नाकमा चोट लागेको बताइएको छ । घाइते सबैको बयलपाटा प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया