गाैमुल खबर डटकम बुधबार २४, भदौ २०८३ १२:१३

१० दिनदेखि बेपत्ता बाजुराकी महिला कर्णाली किनारमा मृत फेला

बाजुरा
गाैमुल खबर गाैमुल खबर
मङ्गलबार, जेठ ०५, २०८३
१० दिनदेखि बेपत्ता बाजुराकी महिला कर्णाली किनारमा मृत फेला

बाजुरा ः बाजुरामा १० दिनदेखि बेपत्ता भएकी एक महिला मृत अवस्थामा फेला परेकी छन् । जिल्लाको जगन्नाथ गाउँपालिका-५ गोत्री निवासी सकसबहादुर शाहीकी अन्दाजी ३५ वर्षीया लालचना बुढा शाही मंगलबार मृत फेला परेकी हुन् ।

प्रहरीका अनुसार २०८३ वैशाख २६ गते श्रीमानसँग सामान्य विवाद भएपछि “माइतीघर जान्छु” भन्दै घरबाट निस्किएकी शाही माइतीघर नपुगेपछि परिवारले खोजतलास सुरु गरेको थियो ।

आफन्त तथा छरछिमेकमा व्यापक खोजी गर्दा पनि सम्पर्क विहीन भएपछि उनका दाइ नरबहादुर बुढाले प्रहरीमा निवेदन दिएका थिए ।

जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी प्रहरी निरीक्षक नरेशबहादुर शाहीका अनुसार प्रहरी टोलीले खोजतलास गर्ने क्रममा मंगलबार बिहान कालिकाेटकाे त्रिवेणी गाउँपालिका-२ आमतडा स्थित कर्णाली नदी किनारमा उनको शव फेला पारेको हो ।

घटनाबारे थप अनुसन्धानका लागि प्रहरी चौकी सान्नी कालिकोटबाट प्रहरी टोली खटिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया