बाजुरा : जिल्लाकाे गौमुल गाउँपालिका वडा नं.६ मा आजदेखि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । गाउँपालिका स्वास्थ्य शाखा र जिल्ला अस्पताल बाजुराको सहकार्यमा गाउँपालिकाको केन्द्र घट्मुना अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।
विभिन्न समस्याले हालसम्म स्वास्थ्य परीक्षणबाट बञ्चित भएका नागरिकलाई लक्षित गरी सञ्चालन गरिएको स्वास्थ्य शिविर जेठ ३ गते आइतबार सम्म सञ्चालन गरिने गौमुल गाउँपालिका स्वास्थ्य शाखा सी अनमी रमा थापाले जानकारी दिएकी छन् ।
उनकाअनुसार स्वास्थ्य शिविरमा आँखा चेकजाँच र उपचार, टिभी परीक्षण तथा सामान्य स्वास्थ्य चेकजाँच लगायतका सेवा प्रदान गरिएको छ । आज पहिलो दिन १ सय १७ जनाले सेवा लिएका उनले बताएकी छन् ।
शिविरमा जिल्ला अस्पताल बाजुराका मेडिकल अधिकृत डाक्टर हिमाल कार्की, घट्मुना अस्पतालका डाक्टर कमल हमाल र आँखा उपचारका डाक्टर समिर खान लगायतका स्वास्थ्यकर्मीहरुले सेवा दिईरहेका छन् ।
गौमुल गाउँपालिकाले समय समयमा जनताकै घरदैलोमा विशेषज्ञ डाक्टरसहित स्वास्थ्य सेवा प्रदान गर्दै आईरहेको छ । सीमान्कृत समुदाय र आर्थिक समस्याका बावजूत हालसम्म रोग लुकाएर बसेका नागरिकलाई लक्षित गर्दै वडा तथा टोलस्तरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिरहेको छ ।





प्रतिक्रिया