गाैमुल खबर डटकम बुधबार २४, भदौ २०८३ १२:४२

बाजुराको एसइई नतिजा : ६१.९ प्रतिशत विद्यार्थी ग्रेडेड, ४ जीपीए ल्याउने कोही छैनन्

बाजुरा
गाैमुल खबर गाैमुल खबर
मङ्गलबार, बैशाख २९, २०८३
बाजुराको एसइई नतिजा : ६१.९ प्रतिशत विद्यार्थी ग्रेडेड, ४ जीपीए ल्याउने कोही छैनन्

बाजुरा : माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ मा बाजुराको समग्र ग्रेडेड प्रतिशत ६१.९ पुगेको छ। शिक्षा विकास तथा समन्वय इकाई बाजुराले सार्वजनिक गरेको विवरणअनुसार जिल्लाभरबाट परीक्षामा सहभागी २ हजार १ सय २६ विद्यार्थीमध्ये १ हजार ३ सय १६ जना ग्रेडेड भएका छन् भने ८ सय १० विद्यार्थी नन-ग्रेडेड भएका छन्।

यस वर्ष जिल्लाका ६८ सामुदायिक तथा ३ संस्थागत विद्यालयका विद्यार्थी एसइई परीक्षामा सहभागी भएका थिए। सार्वजनिक नतिजाअनुसार बाजुराबाट ४ जीपीए ल्याउने विद्यार्थी भने एक जना पनि छैनन्। सबैभन्दा बढी विद्यार्थी २.८ देखि ३.२ जीपीए समूहमा रहेका छन्। उक्त समूहमा ६१५ विद्यार्थी रहेका छन्।

यस्तै ३.२ देखि ३.६ जीपीए ल्याउने २३७ जना तथा ३.६ देखि ४.० जीपीए ल्याउने २९ जना विद्यार्थी रहेका छन्। त्यसैगरी २.४ देखि २.८ जीपीए ल्याउने ३८९ विद्यार्थी रहेका छन् भने २.० देखि २.४ जीपीए ल्याउने विद्यार्थी संख्या ४६ रहेको छ।

१.६ देखि २.० जीपीए समूहमा भने कुनै पनि विद्यार्थी परेका छैनन्। सामुदायिक विद्यालयतर्फ २ हजार २० विद्यार्थी सहभागी भएकामा १ हजार २ सय ५१ जना ग्रेडेड भएका छन्।

संस्थागत विद्यालयतर्फ १ सय ६ विद्यार्थीमध्ये ६५ जना ग्रेडेड भएका छन्। जिल्लाको समग्र नतिजाले शैक्षिक पहुँच विस्तार भए पनि गुणस्तर सुधारका लागि अझै थप मेहनत आवश्यक रहेको शिक्षासम्बद्ध सरोकारवालाहरूले बताएका छन्।

May be an image of ‎blueprint and ‎text that says "‎माध्यमिक शिक्षा परीला() २०६२ शिकषा विकास तथा समन्बय इकाइ बाजुरा साधारण घारतर्फ नतिजा GPA स्तरीकृत সন्ड ३.६ GPA देखि 8.0 GPA भन्दा कम ३.२ GPA प्राविधिक घारतर्फ जम्मा ३.६ GPA भन्दा कम २९ २३३ GPA देखि ३.२ GPA भन्दा कम GPA देखि २.দ GPA भन्दा कम GPA देखि 8.۲ GPA भन्दा कम २९ لا 5الا २३७ ३१ १६ GPA देखि २.० GPA भन्दा कम ३६० Graded ٤٩ ३চ९ २९ لالا 9 o १२११ Non Graded जम्मा सहभागी विध्यार्थी संख्या जम्मा सहभागी विध्यालय Graded विद्यार्थी प्रतिशत E4 ७६९ १३१६ ٩ २०२० 5१० १०६ ६5 २१२६ ६१.९३ ६१.३२ ६१.९ इकाई प्रमुख‎"‎‎

प्रतिक्रिया