धनगढी ः कैलालीको गोदावरी नगरपालिकाका मेयर वीरेन्द्र भट्टले चलाएको सरकारी गाडी दुर्घटना भएको छ । शनिबार राति मोहनापुल अत्तरिया ६ लेन सडकखण्ड स्थित धनगढी उपमहानगरपालिकाको गेटामा उनले चलाएको सुपप्र०१००१ झ ६०१ नम्बरको गाडी दुर्घटना भएको प्रहरीले जनाएको छ ।
गाडी दुर्घटना भएको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी निरीक्षक रेशम आचार्यले दुर्घटनामा गाडीमा क्षति पुगेपनि मानवीय क्षति भने नभएको बताए । उनका अनुसार गाडी प्रहरी चौकी कैलाली गाउँमा राखिएको छ ।
मेयर भट्ट भने सामान्य भएकोले तत्कालै आफन्तसँग घर गइसकेका छन् । मेयर भट्टले गाडी बुझ्न बिहानै प्रहरी चौकीमा चालक अनिल शाहलाई पठाएका थिए । तर, अनुसन्धान गर्नुपर्ने भन्दै प्रहरीले तत्काल गाडी दिएको छैन । घटनाको थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक आचार्यले बताए ।





प्रतिक्रिया