गाैमुल खबर डटकम बुधबार २४, भदौ २०८३ १२:४०

शनिबार देशका यी स्थानमा वर्षा हुनेछ

काठमाडौं 
गाैमुल खबर गाैमुल खबर
शनिबार, बैशाख २६, २०८३
शनिबार देशका यी स्थानमा वर्षा हुनेछ

काठमाडौं : शनिबार हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ र तराई भू-भागमा आंशिक बादल लाग्नेछ।

जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी प्रदेशको पहाडी र हिमाली भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहित मध्यमसम्मको वर्षा/हिमपात साथै तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

शनिबार राति कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्नेछ र बाँकी भू-भागमा आंशिक बादल लाग्नेछ।

कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा/हिमपातको सम्भावना रहेको विभागले जनाएको छ। 

प्रतिक्रिया