गाैमुल खबर डटकम बुधबार २४, भदौ २०८३ १२:४०

कर्णाली करिडोरमा एक्स्काभेटर दुर्घटना, ७ घन्टापछि भीरबाट निकालियो मृतकको शव

बाजुरा
गाैमुल खबर गाैमुल खबर
सोमबार, बैशाख १४, २०८३
कर्णाली करिडोरमा एक्स्काभेटर दुर्घटना, ७ घन्टापछि भीरबाट निकालियो मृतकको शव

बाजुरा ः कर्णाली करिडोर अन्तर्गत कालीकोट र बाजुराको सिमानामा पर्ने लैफु डाँडामा एक्स्काभेटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा बाजुरा जगन्नाथ-६ का १८ वर्षीय महेश रावलको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय बाजुराका सूचना अधिकारी नरेशबहादुर शाहीले बताए । उनका अनुसार कर्णाली करिडोरको लैफु-कोल्टी सडक खण्डमा माटो पन्छाउने क्रममा एक्स्काभेटर भीरमा खसेको हो ।

प्रदेश नं ३-०१-००३ क ६३११ नम्बरको एक्स्काभेटर सडकबाट २ सय मिटर तल भीरमा खसेपछि एक्स्काभेटरसँगै खसेका रावलको शव भीरबाट निकाल्न कालीकोटको सदरमुकाम मान्मबाट उपसेनानी प्रवीण श्रेष्ठको नेतृत्वमा नेपाली सेनाको टोलि घटनास्थल पुगेपछि भीरबाट शव झिक्न ७ घन्टा लागेको प्रहरीले जनाएको छ ।

एक्स्काभेटर अड्किएको ठाउँबाट ३ सय मिटर तल मृतकको शव फेला परेको हो । जिल्ला प्रहरी कार्यालय बाजुराका डीएसपी इकबाल हवारीले भने भीरमा झर्न नेपाली सेना र प्रहरीलाई दिनभरि लागेको बताए । मृतकको शव पोस्टमार्टमका लागि कोल्टी अस्पताल लगिएको छ । उक्त दुर्घटनामा हाम फालेर भागेका चालक केशव विष्टलाई कालीकोटको सान्नीगाडबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया