बाजुरा : बाजुराको मार्तडीमा मोटरसाइकल दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका छन् । शुक्रबार साँझ साढे ७ बजे बडिमालिका नगरपालिका–९ स्थित विनोद स्मृति प्रतिक्षालय नजिकै साफेँ–मार्तडी सडकखण्डमा मार्तडीबाट बाम्का तर्फ जाँदै गरेको मोटरसाइकल दुर्घटना भएको हो ।
दुर्घटनामा परी त्रिवेणी नगरपालिका–७ कोसेडीका मोटरसाइकल चालक अन्दाजी ३४/३५ वर्षीय खडक ऐडी घाइते भएका छन् । उनले चलाएको सुदूरपश्चिम प्रदेश ०१–००१ ब २३६९ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई सडक छेउको पिल्लरमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
दुर्घटना हुँदा मोटरसाइकल सडकमै पल्टिएको थियो । भने चालक ऐडी सडकबाट करिब २० मिटर तल खसेर गम्भीर घाइते भएका थिए । घटना लगत्तै प्रहरी टोलीले उद्धार गरी उपचारका लागि जिल्ला अस्पतालमा लगिएको थियो । हाल घाइते चालकको जिल्ला अस्पतालमै उपचार भइरहेको छ । अवस्था भने गम्भीर रहेको छ ।





प्रतिक्रिया