गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०३:२४
Dho

बाजुरामा गर्भवती महिलाको हेलिकप्टर मार्फत उद्धार

बाजुरा
गाैमुल खबर गाैमुल खबर
बुधबार, पुष २५, २०८०
बाजुरामा गर्भवती महिलाको हेलिकप्टर मार्फत उद्धार

बाजुरा : जिल्लाको बडीमालिका नगरपालिका–६ कोर्धकी एक गर्भवती महिलाको नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ । 

कोर्धकी ३० वर्षीया गभर्वती सीमा बडुवालको सुत्केरी हुने समय बढी भएको र बच्चा पाठेघरमा अड्किएका कारण जिल्लामा सुत्केरी गराउन सम्भव नभएकाले रिफर गरिएको जिल्ला अस्पताल बाजुराका सूचना अधिकारी नृपराज गिरीले गौमुल खबरसंग बताए । 

गर्भवती महिलाले बच्चा पाउने समय भन्दा बढी भएको र बच्चाको टाउँको पाठेघरमा अड्किएपछि महिलाको ज्यान जोखिममा भएकाले रिफर गरिएको जिल्ला अस्पताल बाजुराका प्रमुख डाक्टर समिता पुनले बताईन् । 

अस्पतालले अवस्था जटिल भएपछि जिल्ला प्रशासन कार्यालय बाजुरालाई हेलिकप्टरमा उद्धारका लागि आग्रह गरेकाले प्रशासनले गृह मन्त्रालयलाई पत्राचारपछि नेपाली सेनाको एन.ए. ०४५ को हेलिकप्टरमा उद्धार गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी राम कुमार तिमल्सिनाले बताए । 

बडीमालिका नगरपालिकाका नगर उप–प्रमुख नन्दा थापाले समन्वयकारी भूमिका खेल्ने सबैलाई धन्यवाद दिएकी छन् । राष्ट्रपति महिला उत्थान कार्यक्रम दुर्गमका नागरिकका लागि प्रभावकारी बनेको उनको भनाई रहेको छ । उनले गर्भवती महिलाको अवस्था जटिल भएको कारणले राष्ट्रपति महिला उत्थान कार्यक्रम मार्फत सेनाको हेलिकप्टरमा उद्धार गरिएको हो । 

दुर्गम तथा विकट जिल्लाका गर्भवती र सुत्केरी महिलाको उद्धारका लागि राष्ट्रपति महिला उत्थान कार्यक्रम प्रभावकारी बन्दै गएको छ ।  जटिल गर्भवती तथा सुत्केरी महिलालाई हेलिकप्टरबाट राष्ट्रपति उद्धार कार्यक्रम अन्तर्गत निःशुल्क हवाई उद्धार गर्ने गरेको छ । 

प्रतिक्रिया