गाैमुल खबर डटकम सोमबार १६, चैत २०८२ ०३:०३

गौमुलका सामुदायिक विद्यालयलाई एचआरसीद्धारा विज्ञान प्रयोगशाला सामाग्री सहयोग

गाैमुल खबर गाैमुल खबर
शुक्रबार, चैत १३, २०८२
गौमुलका सामुदायिक विद्यालयलाई एचआरसीद्धारा विज्ञान प्रयोगशाला सामाग्री सहयोग

बाजुरा : गौमुल गाउँपालिकाका सामुदायिक विद्यालयलाई मानव शंसाधन केन्द्र (एचआरसी) बाजुराले विज्ञान प्रयोगशाला सामाग्री सहयोग गरेको छ । (TDH) जर्मनी र (BMZ) जर्मनीको आर्थिक सहयोगमा विद्यालयलाई विज्ञान प्रयोगशाला सामाग्री सहयोग गरेको हो ।

विज्ञान सम्बन्धी विद्यार्थीलाई प्रयोगात्मक कार्यलाई सहज बनाउने उद्दश्यसहित प्रत्येक विद्यालयलाई ६० हजार बराबरका सामाग्री सहयोग गरिएको एचआरसी बाजुराका सामाजिक परिचालक दिनेश सार्कीले जानकारी दिएका छन् । 

विज्ञान प्रयोगशाला सामाग्री गौमुल गाउँपालिका वडा नं.१ अम्लिस मावि, वडा नं.२ फूलपाटा मावि, पदमपुर आवि, जनज्योति मावि, वडा नं.३ बालविकास मावि, वडा नं.४ को कीर्तिचौर मावि, वडा नं.५ मानाकोट मावि र वडा नं.६ को घटाल आवि गरी ८ वटा विद्यालयलाई सामाग्री सहयोग गरिएको उनले बताए । 

विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको प्रयोगात्मक पढाइलाई थप प्रभावकारी बनाउन र शिक्षाको गुणस्तर वृद्धि गर्ने उद्देश्यले विद्यालयलाई विज्ञान प्रयोगशाला सामाग्री सहयोग गरिएको एचआरसी बाजुराका अध्यक्ष निर शाहीले बताएका छन् ।

प्रयोगशाला सामाग्री वडा नं.१ र २ का विद्यालयलाई वडा नं.१ का वडाध्यक्ष देवेन्द्र बहादुर रोकायाले हस्तान्तरण गर्नु भएको थियो । सामाग्री सहयोगले विद्यार्थीका लागि आवश्यक पर्ने प्रयोगात्मक कक्षा सञ्चालनमा विद्यालयलाई सहज हुने भएको छ ।      
 

प्रतिक्रिया