गाैमुल खबर डटकम आइतबार १५, चैत २०८२ ०७:२५

बाजुरामा एक फर्निचर उद्योगमा आगलागी, २५ लाख बराबरको क्षति

गाैमुल खबर गाैमुल खबर
शुक्रबार, चैत १३, २०८२
बाजुरामा एक फर्निचर उद्योगमा आगलागी, २५ लाख बराबरको क्षति

बाजुरा : बाजुरामा एक फर्निचर उद्योगमा आगलागी भएको छ । बडीमालिका नगरपालिका-७ ढम्कनेका सुरेन्द्र बहादुर धामीको कालाज्ररा फर्निचर उद्योगमा आगलागी भएको हो ।

विद्युतको तार सट भएर अगलागी भएको स्थानीयले बताएका छन् । गएराति ११ बजे लागेको आगो स्थानीय बासिन्दाको सहयोगमा राती १ः४५ बजे नियन्त्रणमा लिईएको थियो ।

आगलागीबाट फर्निचरका सबै मेसिन तथा सामाग्रीहरु पूर्ण रुपमा जलेर नष्ट भएका छन् । करिब २० देखि २५ लाख बराबरको क्षति भएको बडीमालिका नगरपालिका ७ का वडा सदस्य लोकेन्द्र बहादुर रोकायाले जानकारी दिएका छन् ।

प्रतिक्रिया