बाजुरा : कीर्तिचौर माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमर विकले जीवनमा तीन वटा भगवानलाई विर्सिनु नहुने बताएका छन् । कक्षा १० का विद्यार्थीलाई विदाई तथा शुभकामना कार्यक्रममा विकले सफलता हासिल गर्न आमा, वुबा र शिक्षकलाई जीवनको जुनसुकै मोडमा पनि विर्सन नहुने बताए ।
जीवन रोजे जस्तो र खोजे जस्तो हुँदैन्, थुप्रै सजिला र असजिलाको बिचबाट अगाडी बढ्नुपर्ने बताउँदै तीन वटा भगवानलाई चिन्न, बुझ्न र जिम्मेवारी पूरा गर्न सके जीवन राम्रो बनाउन सकिने बताएका छन् ।
उनले विद्यार्थीलाई भने पहिलो भगवान जीवनमा भेट्छौ आमा, आमाले हामीलाई यो संसार देखाउनु हुन्छ र धेरै दुःख, कष्ट, अभाव र पीडाका बिचमा हुर्काउनु हुन्छ । दोस्रो भगवान वुबा, आफ्ना सबै सपनाहरु मारेर छोरा छोरीको सुन्दर भविष्यका लागि अहोरत्र दुःख गर्नु हुन्छ । तेस्रो भगवान शिक्षक, जसले जीवन पढाउन र उज्यालो छर्दै गन्तव्य तय गर्नु हुन्छ, यी तीन भगवानलाई सधै सम्झिदै लगनशिल, अनुशासित भएर अगाडी बढ्नु पर्छ ।
वडा नं.४ का वडाध्यक्ष समेत रहेका विकले विद्यार्थीको उज्वल भविष्यको कामना गर्दै पहिलो शैक्षिक यात्रा सम्पन्न संगै दोस्रो तहको शैक्षिक यात्रा तय भएको स्मरण गराउँदै अब अघिल्लो गन्तव्य कसरी अगाडी बढाउने भन्ने विषयमा विद्यार्थीले सोच्नुपर्ने आवश्यक रहेको बताएका छन् ।
कुनै एक क्षेत्रमा राम्रो अध्ययनशिल भए नेपालमै बसेर राम्रो आयआर्जन गर्न सकिने भन्दै त्यसका लागि अनुशासित र लगशिल हुन जरुरी रहेको बताए । असल मान्छे बन्न इमान्दारीताका साथ अगाडी बढ्न सुझाव दिए । उनले एसईईमा उत्कृष्ट अङ्क सहीत सफलता हासिल गरेर विद्यालयको शिर उचो राख्न सुझाव दिँदै आगामी यात्रामा स्पष्ट लक्ष्यका साथ अघि बढ्दै सफलता हासिल गर्न विद्यार्थीलाई प्रेरित गरे ।





प्रतिक्रिया