बाजुरा : गौमुल गाउँपालिका ४ मा रहेको कीर्तिचौर माध्यमिक विद्यालयका कक्षा १० का विद्यार्थीलाई फेरी भेटौला कार्यक्रमसहित विदाई गरिएको छ । विहीबार एक औपचारिक कार्यक्रमसहित एसईईमा सहभागि हुने कक्षा १० का विद्यार्थीलाई सम्मान गर्दै विदाई गरिएको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमर वि.कको अध्यक्षतामा सञ्चालन भएको विदाई तथा फेरी भेटौँला कार्यक्रममा अतिथि वडा नं.४ का वडा सदस्य मंगल धामी, विद्यालयका प्रधानाध्यापक मान बहादुर बडुवाल, रेडियो गौमुलका समाचार प्रमुख प्रमित विक लगायत रहनुभएको थियो ।
शिक्षक नवराज न्यौपानेले स्वागत मन्तव्य राखि सुरु भएको कार्यक्रममा कक्षा ९ का लक्ष्मी विकले भावुक गित मार्फत र अनु रोकायाले शुभकामना मन्तव्यका साथ विदाईका हात हलाईएको थियो ।
विदाई मन्तव्य भने कक्षा १० का विद्यार्थी कपिन्द्रा बुढा र पुष्कर बुढाले राखेका थिए । उनीहरुले कक्षा १ देखि १० सम्म शिक्षा दिने शिक्षकको ऋण कहिल्यै तिर्न नसक्ने र शिक्षक, अभिभावकले देखिएको बाटोलाई आत्मसाथ गर्दै अगाडी बढ्ने बताएका थिए ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विकसहित पदाधिकारी र शिक्षक, शिक्षिका, विद्यार्थीहरुले फूलमाल, खादा, अविरले उज्वल भविष्यको काम व्यक्त गर्दै विदाई गरिएको थियो । खेलकुद तथा संगित शिक्षक निशान्त रोकायाले गित मार्फत आगामी यात्राको शुभकामना दिएका थिए ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमर विकले विद्यार्थीलाई सम्मान गर्दै उच्च शिक्षाका लागि शुभकामना व्यक्त गर्नुभयो । उहाँले एसईईमा उत्कृष्ट अङ्क सहीत सफलता हासिल गरेर विद्यालयको शिर उचो राख्न सुझाव दिँदै आगामी यात्रामा स्पष्ट लक्ष्यका साथ अघि बढ्दै सफलता हासिल गर्न विद्यार्थीलाई प्रेरित गरे ।





प्रतिक्रिया