गाैमुल खबर डटकम मङ्गलबार १०, चैत २०८२ ११:०१

गौमुलमा जीवन उपयोगि तालिम सञ्चालन

गाैमुल खबर गाैमुल खबर
मङ्गलबार, चैत १०, २०८२
गौमुलमा जीवन उपयोगि तालिम सञ्चालन

बाजुरा : गौमुल गाउँपालिकामा जीवन उपयोगि तालिम सञ्चालन गरिएको छ । गाउँपालिकाको समन्वय तथा पीसविन नेपाल र प्लान इन्टरनेशनल नेपालको साँझेदारीमा सञ्चालित (किशोरीहरुको अधिकार र उत्थानशिलताका लागि) अभा परियोजनाको आयोजनामा युवाहरुलाई लक्षित गरी ५ दिने तालिम सञ्चालन गरिएको हो ।

युवाहरुको ज्ञान, सिप तथा धारणाको विकास गर्ने उद्देश्यसहित तालिम सञ्चालन गरिएको आभा परियोजना फिल्ड सुपरभाईजर अस्मिता रोकायाले बताएकी छन् । तालिममा वडा नं.१, २, ३ का गरी १५ जना युवाको सहभागिता रहेको छ । 

चैत्र १३ गतेसम्म सञ्चालन हुने जीवन उपयोगि तालिममको सहजीकरण लाल बहादुर ओलीले गर्नुभएको छ । तालिममा युवाहरूले समस्या समाधान, निर्णय लिने क्षमता तथा संवेग नियन्त्रण लगायत जीवन उपयोगी र प्रजनन स्वास्थ्य, महिनावारी स्वच्छता तथा सिप, मानसिकता र रोजगारीका बारेमा प्रशिक्षण गराईने भएको छ । 

गौमुल गाउँपालिकाको सभाहलमा सञ्चालन भएको तालिमको उद्घाटन उपाध्यक्ष सिता थापाले गर्नुभएको थियो । औपचारिक रुपमा तालिमको उद्घाटन गर्दै उपाध्यक्ष थापाले सहभागि युवाहरुलाई तालिममा सिकेका विषयवस्तुलाई आफ्नो जीवनमा लागु गर्न सुझाव दिएकी छन् ।

प्रतिक्रिया