डाेटी ः डोटीमा बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। जिल्लाको आदर्श गाउँपालिका-६ रौसेल्लामा गएराति भएको दुर्घटनामा आदर्श गाउँपालिका-३ काँडीस्याउलेका करिब २२ वर्षीय सुबोध रोकाया र १९ वर्षीय कैलाश विकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।
प्रहरीका अनुसार गिरिचौकाबाट काँडीस्याउलेतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१-००१ च ३९२३ नम्बरको बोलेरो जीप घुम्तीमा अनियन्त्रित भई सडकबाट करिब ९ सय मिटर तल सायली गाडमा खसेको थियो।
दुर्घटना राति करिब १२:३० बजे भएको हो। दुर्घटनामा परेका जीप चालक समेत रहेका सुबोध रोकायाको घटनास्थलमै ज्यान गएको हो। दुवै मृतकको शव खोलाबाट सडकसम्म ल्याउने कार्य भइरहेको प्रहरीले जनाएको





प्रतिक्रिया