गाैमुल खबर डटकम शनिबार ०७, चैत २०८२ १०:५७

बैतडीमा ट्रक दुर्घटना, चालक सहित चारजना घाइते

बैतडी
गाैमुल खबर गाैमुल खबर
शनिबार, चैत ०७, २०८२
बैतडीमा ट्रक दुर्घटना, चालक सहित चारजना घाइते

बैतडी ः जयपृथ्वी राजमार्गमा ट्रक दुर्घटना हुँदा चालकसहित चार जना घाइते भएका छन् । नेपालगञ्जबाट सिमेन्ट बोकेर बझाङतर्फ जाँदै गरेको सुपप्र ०१००१ ख २८०९ नम्बरको ट्रक गएराति बैतडीको पाटन नगरपालिका-८ झ्याउलेक मोडमा दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते हुनेमा चालक पाटन नगरपालिका-८ का ३६ वर्षीय कृष्ण विष्ट, सोही ठाउँका २५ वर्षीया निर्मला विष्ट, निर्मलाका सात वर्षीय छोरा अभिषेक र चार वर्षीय छोरा प्रयान्स रहेको बैतडीका प्रहरी प्रवक्ता सुरज सिंहले जानकारी दिए ।

घाइते चारै जनालाई उपचारको लागि डडेल्धुरा अस्पताल लगिएको छ । ट्रक सडकबाट २५ मिटर तल खसेको र दुर्घटनाको कारण खुल्न सकेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

प्रतिक्रिया