बाजुरा ः बाजुराको प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार जनकराज गिरी विजयी भएका छन् । उनले नेकपा (एमाले) का उम्मेदवार लालबहादुर थापालाई पराजित गर्दै विजय हासिल गरेका हुन् ।
निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार काँग्रेसका गिरीले १७ हजार १७३ मत प्राप्त गरेका छन् भने एमालेका थापाले १६ हजार ६३३ मत पाएका छन् । गिरीले थापालाई ५४० मतान्तरले पराजित गरेका हुन् ।
बाजुरा अन्तिम मत परिणाम ः
लालबहादुर थापा (सूर्य)-१६,६३३
जनकराज गिरी (रुख)-१७,१७३
प्रकाश शाह (तारा)-३,३०१
हेमराज थापा (घण्टी)-६,०३५
केशरबहादुर शाही (हल)-३५२
दिपक डिसी (आँखा)-९७
भुपेन्द्र वि.क. (गुलाफ)-२३३
उपेन्द्र शाही (भंगेरो)-७२





प्रतिक्रिया