गाैमुल खबर डटकम आइतबार २४, फागुन २०८२ ०४:१६

डडेल्धुरामा रास्वपाका डा. ताराप्रसाद जोशी ७०१० मत अन्तरले विजयी

बाजुरा
गाैमुल खबर गाैमुल खबर
शनिबार, फागुन २३, २०८२
डडेल्धुरामा रास्वपाका डा. ताराप्रसाद जोशी ७०१० मत अन्तरले विजयी

डडेल्धुरा ःराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. ताराप्रसाद जोशी डडेल्धुराबाट ७०१० मतको फराकिलो अन्तरले विजयी भएका छन्।

निर्वाचन परिणामअनुसार जोशीले कुल १९ हजार १३१ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार नैन सिंह महरले १२ हजार १२१ मत प्राप्त गरेका छन्।

यससँगै डडेल्धुरामा रास्वपाले महत्वपूर्ण जीत हात पारेको छ। जोशीले प्रतिस्पर्धी महरलाई उल्लेखनीय मतान्तरले पराजित गर्दै प्रतिनिधित्व सुनिश्चित गरेका हुन्।

निर्वाचन परिणाम सार्वजनिक भएसँगै डडेल्धुरामा रास्वपाका कार्यकर्ता तथा समर्थकहरूले खुशी व्यक्त गरेका छन्।

प्रतिक्रिया