गाैमुल खबर डटकम आइतबार २४, फागुन २०८२ ०४:१९

बाजुरामा कांग्रेसका जनक गिरीको अग्रता कायम, पछ्याउँदै एमालेका लालबहादुर थापा

बाजुरा
गाैमुल खबर गाैमुल खबर
शनिबार, फागुन २३, २०८२
बाजुरामा कांग्रेसका जनक गिरीको अग्रता कायम, पछ्याउँदै एमालेका लालबहादुर थापा

बाजुरा ःबाजुरामा जारी मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार जनक गिरीले अग्रता कायम राखेका छन्। हालसम्म २० हजार ३३२ मतगणना हुँदा गिरी १ हजार १६० मतान्तरले अगाडी रहेका छन् ।

हालको परिणामअनुसार कांग्रेसका गिरीले ७ हजार ८५२ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेदवार लालबहादुर थापाले ६ हजार ६९२ मतसहित दोस्रो स्थानमा रहेका छन्।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार हेमराज थापाले ३ हजार ३४४ मत पाएका छन्। नेकपाका प्रकाश शाहले १ हजार ४०४ मत प्राप्त गरेका छन् भने राप्रपाका केशर शाहीले १७९ मत पाएका छन्।

यस्तै, नेकपा माओवादी केन्द्रका भुपेन्द्र विकले १०९, प्रलोपाका दिपक डिसीले ८५ र स्वतन्त्र उम्मेदवार उपेन्द्र शाहीले ५७ मत प्राप्त गरेका छन्।

शुक्रवार साँझ साढे ७ बजेदेखि सुरु भएको मतगणनामा हालसम्म हिमाली गाउँपालिका, खप्तड छेडेदह गाउँपालिका, स्वामीकार्तिक खापर गाउँपालिका र बुढीगंगा नगरपालिकाको मतगणना सम्पन्न भएको छ।

अहिले जगन्नाथ गाउँपालिकाको मतगणना सुरु गरिएको निर्वाचन अधिकृतकाे कार्यालयले जनाएको छ। एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको बाजुरामा ८७ हजार ८६१ मतदाता रहेकोमा ४५ हजार ३९० मत खसेको थियो।

प्रतिक्रिया