गाैमुल खबर डटकम आइतबार २४, फागुन २०८२ ०४:१६

बाजुरामा मतगणना जारी, ९२५३ मतगणना हुँदा काँग्रेसका जनक गिरी अगाडी

गाैमुल खबर गाैमुल खबर
शनिबार, फागुन २३, २०८२
बाजुरामा मतगणना जारी, ९२५३ मतगणना हुँदा काँग्रेसका जनक गिरी अगाडी

बाजुरा : प्रतिनिधि सभा सदस्य निर्वाचन अन्र्तगत बाजुरामा पनि मतगणना जारी रहेको छ । पछिल्लो मतपरिणाम अनुसार हिमाली गाउँपालिका र खप्तड छेडेदह गाउँपालिकाको मतगणना सकिएको छ ।  

दुई पालिकाको ९२५३ मतगणना हुँदा नेपाली काँग्रेसका जनक राज गिरी १४०६ मतान्तरले अग्र स्थानमा रहेको छ । गिरीले ४५७४, नेकपा एमालेका लाल बहादुर थापा ३२४, प्रकाश शाह (तारा) ३७२, हेमराज थापा (घण्टी) २०३३, आँखा ७७, गुलाब ५१ र स्वतन्त्रले ४ मत प्राप्त गरेको छ । यो दुई पालिका पूरा र बुढीगंगाको आधा मतगणनाको परिणाम हो ।          

देशभरी अग्रस्थानमा रहेको रास्वपा बाजुरामा भने पछाडी रहेको छ । ८७ हजार ८६१ मतदाता रहेको बाजुरामा ४६ हजार २३२ मत खसेको छ । जिल्लाका ११८ वटै मतदान केन्द्रका मतपेटिका आज दिउँसो मात्रै सदरमुकाम मार्तडी पुगाईएको थियो । एक मात्रै प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र रहेको बाजुरामा एक स्वतन्त्रसहित ८ जना उम्मेदवार छन् ।

प्रतिक्रिया