गाैमुल खबर डटकम शनिबार २३, फागुन २०८२ ०७:२१

बाजुरामा मतगणना सुरु

गाैमुल खबर गाैमुल खबर
शुक्रबार, फागुन २२, २०८२
बाजुरामा मतगणना सुरु

बाजुरा : बाजुरामा मतगणना सुरु भएको छ । हिमाली गाउँपालिकाबाट मतगणना सुरु गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । दिउँसो ३ बजे बसेको सर्वदलीय सर्वपक्षीय बैठकले साँझ ७ बजेबाट मतगणना सुरु गर्ने निर्णय गरेको थियो ।

भौगोलिक विकटताका कारण ढिलो गरी मतपेटीका ढुवानी भएपछि मतगणनामा ढिलाई भएको हो । ८७ हजार ८६१ मतदाता रहेको बाजुरामा ४६ हजार २३२ मत खसेको छ । 

जिल्लाका ११८ वटै मतदान केन्द्रका मतपेटिका आज दिउँसो मात्रै सदरमुकाम मार्तडी पुगाईएको थियो । एक मात्रै प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र रहेको बाजुरामा एक स्वतन्त्रसहित ८ जना उम्मेदवार छन् ।

प्रतिक्रिया