गाैमुल खबर डटकम शनिबार २३, फागुन २०८२ ०७:२०

नेकपा संयोजक प्रचण्ड रुकुम पूर्वबाट विजयी

गाैमुल खबर गाैमुल खबर
शुक्रबार, फागुन २२, २०८२
नेकपा संयोजक प्रचण्ड रुकुम पूर्वबाट विजयी

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड रुकुम पूर्वबाट निर्वाचित भएका छन् ।पूर्वप्रधानमन्त्री प्रचण्ड १० हजार २४० मतसहित प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका लीलामणि गौतमले ३ हजार ४६२ मत पाएका छन् । नेपाली कांग्रेसकी उम्मेदवार कुसुमदेवी थापाले ३ हजार ८१ मत पाइन् ।

यसैगरी प्रगतिशील लोकतान्त्रिक पार्टी उम्मेदवार सन्दीप पुनले २०३, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का उम्मेदवार जुद्धबहादुर बुढामगरले १९१ मत पाएका छन् ।

प्रतिक्रिया