गाैमुल खबर डटकम शनिबार २३, फागुन २०८२ ०७:२१

बाजुरामा साँझ ७ बजेबाट मतगणना सुरु गर्ने निर्णय

गाैमुल खबर गाैमुल खबर
शुक्रबार, फागुन २२, २०८२
बाजुरामा साँझ ७ बजेबाट मतगणना सुरु गर्ने निर्णय

बाजुरा : बाजुरामा आज साँझ ७ बजेबाट मतगणना हुने भएको छ । शुक्रबार दिउँसो ३ बजे मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बसेको सर्वदलीय, सर्वपक्षीय बैठकले साँझ ७ बजेबाट मतगणना गर्ने निर्णय गरेको हो । 

८७ हजार ८६१ मतदाता रहेको बाजुरामा ४६ हजार २३२ मत खसेको छ । भौगोलिक विकटताका कारण मतपेटीका मतगणना स्थल मार्तडीमा नपुगेपछि मतगणनामा ढिलाई भएको हो । 

हिमाली जिल्लाका रुपमा रहेको बाजुरामा चार मतदान केन्द्रका नेपाली सेनाको हेलिकप्टरमा मतपेटिका ल्याइएको भएपनि हिमाली गाउँपालिका १२ मा रहेको ठुलाकोट आधारभूत विद्यालय कोट मतदान केन्द्रको मतपेटिका दिउँसो ३ बजे मात्र मतगणनास्थलमा पुगेकाले बेलुकी ७ बजेबाट बत गणना कार्य सुरु गरिने मुख्य निर्वाचन अधिकृत संजीव पोखरेलले जानकारी दिएका छन् । 

फागुन २१ गते सम्पन्न भएको मतदानपछि दुर्गम तथा सडक पहुँच नपुगेका मतदान केन्द्रका मतपेटीका ढिलो गरी पुगेकाले आज बेलुकीबाट मतगणना गर्ने गरी सहमती भएको मुख्य निर्वाचन अधिकृत पोखरेलले बताए । 

त्यस्तै जिल्लाका एक सय १८ वटै मतदान केन्द्रका मतपेटिका सदरमुकाम मार्तडी पुगेका छन् । एक मात्रै प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र रहेको बाजुरामा एक स्वतन्त्रसहित ८ जना उम्मेदवार छन् ।

प्रतिक्रिया