गाैमुल खबर डटकम शनिबार १६, फागुन २०८२ ०४:४८

गाउँमा पुगेर नेता थापाले भनिन्-हामीलाई दिनरात जनताकै चिन्ता लाग्छ

गाैमुल खबर गाैमुल खबर
शुक्रबार, फागुन १५, २०८२
गाउँमा पुगेर नेता थापाले भनिन्-हामीलाई दिनरात जनताकै चिन्ता लाग्छ

बाजुरा : गौमुल गाउँपालिका उपाध्यक्ष सीता थापाले जनताका आधारभूत आवश्यकता पूरा गर्न दिनरात लागिरहेका बताएकी छन् । नेकपा एमाले बाजुरा जिल्ला कमिटी सचिवालय सदस्य समेत रहेकी थापाले शुक्रबार ६ नम्बर गृहवडामा चुनावी भेटघाटका क्रममा मतदातासंग पूर्वाधार विकास र समाज रुपान्तरणमा आफूहरु दृढताका साथ लागिरहेका र अझै लाग्ने बताएकी हुन् ।

उनले गृह वडामा पुगेर मतदातासंग खानेपानी सडक, शिक्षा, स्वास्थ्य लगायतका विकासका  क्षेत्रमा एमाले नेतृत्वको गौमुल सरकारले आमूल परिवर्तन ल्याएको बताएकी छन् । केही समाज भड्काउने तत्वहरुले गलत प्रचार प्रसार गरिरहेकाले उनीहरुको पछाडी नलाग्न र सही नमान्न आग्रह गरिन् ।

असिमित व्यक्तिगत आकांक्षाहरु पूरा गर्न नसिकिने बताउँदै घट्मुना टाँडाकोट हुँदै मेल्लेख जोड्ने सडक निर्माणको अन्तिम चरणमा, घट्मुना बसाल सडक स्तरोन्नति भईरहेको, घर घरमा खानेपानीका धारा, विद्यालयका पक्की भवन निर्माण, मठमन्दिर निर्माण, गाउँ घर स्वास्थ्य क्लिनिकल, गाउँमै स्वास्थ्य उपचार सेवा लगायतका थुप्रै क्षेत्रमा विकास भएको भएपनि केही अराजक तत्वहरुले व्यक्तिगत स्वार्थका लागि विरोध गर्दै आईरहेका बताएकी छन् । 

थापाले जनताको भाग्य, भविष्य कोर्ने र सपनाहरु साकार गर्ने पार्टी नेकपा एमाले मात्र भएकाले मतदान गर्न समेत आग्रह गरिन् । गाउँमा चुनावको बेला पर्यटकको रुपमा आएर भोट माग्ने तर जनताका दुःख पीडा नबुझ्ने काँग्रेस लगायतका धेरै दलका बारेमा मतदाताहरुले राम्रौसंग बुझेका र अलमलमा रहेकाहरुले समयमै बुझ्नु पर्ने आवश्यक रहेको बताएकी छन् ।

बसालादेखि सुरु गरिएको घरदैलो अभियानका क्रममा टोल टोलमा नेताहरुलाई फूलमाला सहीतले स्वागत तथा सम्मान गरिएको थियो । घरदैलो अभियानमा नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य सीता थापा, सदस्यहरु तुलसिराम रोकाया, गिता रोकाया, नेता प्रकाश रोकाया, गाउँ कमिटी उपसचिव कलक रोकाया, कलक चदाँरा, राजेन्द्रा विष्ट रोकाया लगायत कार्यकर्ताहरुको सहभागिता रहेको थियो । 

प्रतिक्रिया