गाैमुल खबर डटकम शुक्रबार १५, फागुन २०८२ ०५:०४

चुनाव छल्दै सिंगापुर उडे देउवा, डडेल्धुरा मतदान गर्न पनि नजाने

गाैमुल खबर गाैमुल खबर
बिहीबार, फागुन १४, २०८२
चुनाव छल्दै सिंगापुर उडे देउवा, डडेल्धुरा मतदान गर्न पनि नजाने

काठमाडौँ : नेपाली कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर गएका छन् ।

देउवा बुधबार राति ११ः३० को सिंगापुर एयरलाइन्सको उडानबाट प्रस्थान गरेको विमानस्थल सुरक्षास्रोतले जनाएको छ ।

देउवा बुधबार राति साढे १० बजे अन्तर्राष्ट्रिय टर्मिनल तर्फको स्टेरलाइज एरिया (विमान प्रतीक्षा कक्ष) मा देखिनुभएको थियो,’ स्रोतले भन्यो, ‘अरु २–३ जना पनि साथमै देखिन्थे ।’

यसअघि नेपाली कांग्रेसका ‘अपदस्त सभापति’ तथा ५ पटकका प्रधानमन्त्री शेरहबहादुर देउवाले फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनमा मतदानसमेत नगर्ने समाचार आएको थियो ।

विशेष महाधिवेशनबाट सभापति पद गुमाएपछि स्तब्ध बनेका देउवा निर्वाचन आयोगले आफूलाई आधिकारिकता नदिएपछि विचलित थिए । सर्वोच्च अदालतले समेत अन्तरिम आदेश नदिएपछि अन्तिमपटक रुख चिह्नबाट चुनाव लड्ने प्रयास गरेका थिए । तर सभापति गगन थापाले टिकट नदिएपछि देउवा प्रतिनिधि सभा निर्वाचनका सबै प्रक्रियाबाट बाहिर थिए ।

उनलाई ‘बदलिएको कांग्रेस’का पदाधिकारीहरुले विभिन्न च्यानलबाट पार्टीको चुनावी अभियानलाई साथ दिन आग्रह गरे पनि उनले मानेका थिएनन् । कांग्रेसका उम्मेदवारलाई जिताउन रुखमा मत माग्ने अपिलमात्र भने पनि सार्वजनिक गराउने प्रयास समेत सफल भएको थिएन ।

कांग्रेस प्रवक्ता देवराज चालिसेले पूर्वसभापति देउवालाई पार्टीका उम्मेदवार जिताउने अभियानमा सामेल गराउने प्रयास भइरहेका बताएका थिए । तर देउवाको सचिवालयले भने कसैसँग भेटघाट र कुराकानी नभएको तथा कसैको प्रचारमा जाने सम्भावना पनि नरहेको प्रष्ट पारेको थियो ।

सचिवालय स्रोतले भन्यो, ‘बदलियो कांग्रेस,बदल्छौँ देश भन्ने नेताहरुले शेरबहादुरको अनुहार देखाएर चुनाव गयौँ भने हारिन्छ भनेर सेटिङ मिलाएर जबर्जस्ती पार्टी कब्जा गरेको होइन ? अहिले आएर उहाँहरुलाई किन देउवा चाहियो ? देउवाको अपिल वा देउवा अभियानमा हिँड्दा कांग्रेसको भोट घट्यो भन्ने आरोप भोलि चुनावपछि उहाँहरुले नै लगाउने सम्भावना भएकाले उहाँ चुपचाप सबै अत्याचार सहेर बस्नुभएको छ ।’

डडेलधुराबाट २०४८ देखि लगातार ७ वटा चुनावमा कांग्रेसको उम्मेदवार भएर सातैपटक जितेका देउवा अन्तिम चुनाव लड्न नपाएपछि घरबाट निस्केका थिएनन् । उनको ठाउँमा उनीनिकटकै युवा नेता नैनसिंह महरले टिकट पाएका छन् ।उवा यसपटक भोट हाल्न पनि डडेलधुरा नजाने विषय बाहिरिएको थियो ।

प्रतिक्रिया