गाैमुल खबर डटकम शुक्रबार १५, फागुन २०८२ ०५:०८

बडीमालिकाकाे चुथीमा १० शैया अस्पताल निर्माण कार्य सम्पन्न

गाैमुल खबर गाैमुल खबर
बुधबार, फागुन १३, २०८२
बडीमालिकाकाे चुथीमा १० शैया अस्पताल निर्माण कार्य सम्पन्न

बाजुरा : बाजुराको बडीमालिका नगरपालिका ७ चुथीमा १० शैया अस्पताल निर्माण कार्य सम्पन्न भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अघि सारेको एक पालिका, एक अस्पताल आयोजना अन्र्तगत निर्माण भईरहेको अस्पतालको निर्माण कार्य सम्पन्न भएको हो ।

अस्पताल निर्माणका लागि राजेन्द्र डि.वि.जे.भी.निर्माण सेवाले ८ करोड ८७ लाख २६ हजार २ सय १८ रुपैयाँ ६८ पैशामा २०७८ जेठ ५ गते १८ महिनाभित्र काम सक्ने गरी ठेक्का सम्झौता भएको थियो । भने जग्गा विवादका कारण काम सात महिनापछि सुरु भएको थियोे ।

राजेन्द्र डि.वि.जे.भी.निर्माण सेवाका दिपक जैशीका अनुसार सम्पूर्ण निर्माण कार्य सम्पन्न गरेर रेलिङको काम मात्र बाँकी रहेको छ । त्यो पनि छिट्टै सक्ने गरी काम भईरहको उनले बताए । 

नागरिकलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवाको पहुँचमा पुर्याउने उद्देश्यसहित तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको कार्याकालमा देशभरका स्थानीय तहमा १० शैयाको अस्पताल बनाउने गरी सरकारले निर्णय गरेको थियो ।

बडीमालिका नगरपालिका ७ का वडाध्यक्ष धर्मराज पाध्यायले जनताको स्वास्थ्य सेवाको सपनालाई पूर्णरुपमा व्यवहारमा उतार्न अस्पताल सञ्चालनको चुनौती पनि स्वीकार गरेको बताएका छन् । स्वास्थ्य क्षेत्र हाम्रो पहिलो प्राथमिकता हो, अस्पतालको निर्माण कार्य भर्खर सम्पन्न भएको छ, “उनले भने अब स्वास्थ्य सेवा सुचारु गर्नका लागि लाग्ने छौ ।” 

प्रतिक्रिया