गाैमुल खबर डटकम आइतबार १०, फागुन २०८२ १०:३१

डोटीमा जिप दुर्घटना हुँदा ४ जना घाइते

डोटी
गाैमुल खबर गाैमुल खबर
आइतबार, फागुन १०, २०८२
डोटीमा जिप दुर्घटना हुँदा ४ जना घाइते

बाजुरा ः डोटीमा जिप दुर्घटना हुँदा ४ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार आइतबार दिउँसो बोगटान फुड्सिल गाउँपालिका-३ धौलाबस्ती भन्ने ठाउँमा सु.प.प्र. ०३ ००१ च ००१४ नं. को जिप दुर्घटनामा परेको हो ।

प्रहरीका अनुसार दुर्घटनामा परी बोगटान फुड्सिल गाउँपालिका-३ मेल्टाकी ६६ वर्षीया जुनादेवी साउद र १७ वर्षीया सिता साउद गम्भीर घाइते छन् । उनीहरू दुवै जनाको टाउको, खुट्टा र छातीमा चोट लागेको छ ।

यसैगरी जिपका चालक बोगटान फुड्सिल गाउँपालिका-६, पलाडीका २७ वर्षीय तिर्थ बोगटी र वडा नं ३ मेल्टाका १९ वर्षीय शारदा साउद पनि घाइते भएका छन् ।

प्रहरीका अनुसार घाइतेहरूलाई उपचारका लागि कैलालीको मायामेट्रो अस्पताल पठाइएको छ । बोगटानबाट दिपायलतर्फ जाँदै गरेको जिप अर्को गाडीलाई साइड दिने क्रममा ब्याक हुन गई सडकबाट करिब १५० मिटर तल खसेको थियो ।

प्रतिक्रिया