बाजुरा : नेपाली काँग्रेस बाजुराले चुनावी प्रचार प्रसारमा बालबालिकाको प्रयोग गरेको पाईएको छ । काँग्रेसले जिल्लाको कोल्टीमा आज आयोजना गरेको चुनावी आमसभामा बालबालिकाको प्रयोग गरेको पाईएको हो ।
कोल्टीको शिवपार्कमा सञ्चालन गरेको आमसभामा कांग्रेसको चुनावी प्रचार प्रसार गितमा बालबालिकालाई छमछमी नचाईएको देखिन्छ । यतिबेला निर्वाचन आचारसिंहता लागु छ । तर काँग्रेस बाजुराले भने उम्मेदवारसहित ठुला नेताहरुको उपस्थितिमा सञ्चालन भएको विशाल आमसभामा नै बालबालिकाको प्रयोग गरेको छ ।
काँग्रेसको चुनाव चिन्ह, प्रचारको गितमा बालिकाहरुको नृत्य भिडियोमा प्रत्यक्ष देख्न सकिन्छ । निर्वाचनको समयमा बालबालिकाको प्रयोग निर्वाचनको आचारसहिंता उल्लघंन मात्र होइन्, नेपालको कानुनको उल्लंघन भएको हो, भन्ने बुझ्न सकिन्छ । बालबालिकालाई निर्वाचनबारे सकारात्मक जानकारी गराउन सकिन्छ तर कुनै दल वा समूहबाट प्रयोग गर्न नपाईने जानकारहरु बताउन्छ ।
निर्वाचन आयोगले निर्वाचन प्रचार प्रसार, आमसभा तथा जुलुसामा बालबालिकाको प्रयोग गर्न वा गराउन नहुने भनेको छ । नेपाली काँग्रेस बाजुराका प्रतिनिधि सभाका उम्मेदवार जनक राज गिरी, निर्वतमान सहमहामन्त्री बन्द्री प्रसाद पाण्डे सहीत जिल्ला तहका नेता तथा कार्यकर्ता उपस्थित रहेको प्रचार प्रसारसहितको आमसभामा नै नाचगानमा बालिकाको प्रयोग गरी निर्वाचन आचारसहिंता विपरीत कार्य गरेको स्पष्ट देखिन्छ ।
आचारसहिंता उल्लघंन भएको खण्डमा निर्वाचन आयोग ऐन २०७३ को दफा २३ बमोजिम एक लाख रुपैयाँ जरिवाना वा उम्मेदवारी रद्द गर्न सकिने व्यवस्था छ ।





प्रतिक्रिया