गाैमुल खबर डटकम शनिबार २३, साउन २०८३ ०३:००

लाल बहादुर थापालाई जिताउन एमाले गौमुलले गर्यो चुनावी अभियानको शुभारम्भ

गाैमुल खबर गाैमुल खबर
सोमबार, फागुन ०४, २०८२
लाल बहादुर थापालाई जिताउन एमाले गौमुलले गर्यो चुनावी अभियानको शुभारम्भ

बाजुरा : आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा बहुमतका साथ एमालेलाई जिताउन एमाले गौमुल गाउँपालिकाले चुनावी अभियान शुभारम्भ गरेको छ ।

बाजुराबाट प्रतिनिधि सभाका उम्मेदवार लाल बहादुर थापालाई विजय गरी संससदमा पठाउन चुनावी प्रचार–प्रसारसहित मतदाता सामु पुग्ने अभियानको सुरु गरेको हो । नेकपा एमाले केन्द्रीय कमिटी सदस्य एवं युवा नेता नरेश कुमार रोकायाको नेतृत्वमा वडा नं.४ बाट चुनावी अभियान तथा घरदैलो कार्यक्रम सुरु गरिएको एमाले गौमुल गाउँ कमिटी अध्यक्ष मोहन रोकायाले जानकारी दिएका छन् ।

एमालेको पकेट क्षेत्र गौमुलमा केन्द्रदेखि जिल्ला तहका नेताका साथ अभियान थालिएको छ । घरदैलो अभियानमा जिल्ला कमिटी सचिवालय सदस्य सीता थापा, सदस्यहरु धनलक्ष्मी जैशी, गोरख बोहरा, अमर विक, देवेन्द्र बहादुर रोकाया, गिता रोकाया, राजिव रोकाया सहीत गाउँ कमिटीका पदाधिकारी लगायतका नेताहरुको सहभागिता रहेको गाउँ कमिटी सचिव धन बहादुर बोहराले बताएका छन् ।

वडा नं.४ बाट सुरु गरिएको घरदैलौ अभियान गाउँपालिकाका ६ वटै वडाका सबै जनता समक्ष पुगेर मतदातासंग भेटघाट र उनीहरुसंग अन्तरक्रिया कार्यक्रम गर्ने उनले बताए । अभियान मार्फत पार्टीले आफ्नो निर्वाचन कार्यक्रम, नीति तथा एजेण्डाबारे जानकारी गराउँदै मतदातासंग प्रत्यक्ष संवादलाई प्राथमिकता दिईने गाउँ कमिटी अध्यक्ष रोकाया बताएका छन् । 

निर्वाचन अभियानको पहिलो चरणदेखि नै उम्मेदवार जनताको घरदैलौमा पुगिरहेका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा उम्मेदवार तथा नेताले आफ्नो पक्षमा मत प्राप्त गर्न जनताको मन जित्न विभिन्न प्रयासमा लागिरहेका छन् ।

सोही अनुरुप नेकपा एमाले बाजुराले पनि चुनावी प्रचार प्रसारलाई तीव्र पारेको छ । जिल्लाका ९ वटै स्थानीय तहमा मतदातासंग भेटघाट गर्ने, पार्टीका एजेण्डा सुनाउँने, समस्या बुझ्ने, उनीहरुका कुरा सुन्ने कार्यक्रमलाई तीव्र पारिएको हो । 

एमाले बाजुराले पहिलो चरणमा दुर्गम बस्तीका जनतासंग भेटघाट गर्दै आफ्नो चुनावी प्रचार–प्रसारलाई अगाडी बढाएको हो । पार्टीका नेता तथा भातृ संगठनका नेताहरु यतिबेला आफ्नो जिम्मेवारीलाई आत्मसाथ गर्दै मतदातासंग भेटघाटमा निकै व्यस्त छन् ।

प्रतिक्रिया