बाजुरा : नेकपा एमाले गौमुल गाउँपालिका ४ नम्बर वडा कमिटीको अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरी आज वडा कार्यालयको केन्द्र निलासैनमा अगुवा कार्यकर्ता भेला आयोजना गरिएको हो ।
कार्यकर्ता भेला कार्यक्रममा मतदातासंग भेटघाट गर्ने, चुनावी प्रचार प्रसारलाई तीव्र पार्ने लगायतका विषयम छलफल गरिएको वडा कमिटी अध्यक्ष कर्ण बहादुर बुढाले जानकारी दिएका छन् ।
भेलाले वडा कमिटीका अध्यक्ष बुढाकै संयोजकत्वमा ४३ सदस्यीय प्रचार प्रसार समिति गठन गरेको छ । वडा कमिटीले भोलीबाट घरदैलो अभियान शुभारम्भ गर्ने कार्यक्रम तय समेत गरिएको वडा कमिटी सचिव तुसार सार्कीले बताएका छन् ।
पार्टीका मुख्य एजेण्डासहित मतदाताको घरदैलोमा पुग्ने र प्रचार प्रसारलाई तीव्र पार्ने उनले बताए । नेकपा एमाले गौमुल गाउँपालिका ४ नम्बर वडा कमिटी अध्यक्ष कर्ण बहादुर बुढाको अध्यक्षतमा सञ्चालन भएको अगुवा कार्यकर्ता भेला कार्यक्रमको प्रमुख अतिथिमा नेकपा एमाले जिल्ला कमिटी सदस्य धनलक्ष्मी जैशी रहनुभएको थियो ।
त्यस्तै कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी सदस्य एवं वडा कमिटी इन्चार्ज अमर विक विशिष्ट अतिथिमा रहनुभएको थियो । वडा कमिटी सचिव तुसार सार्कीले सञ्चालन गरेको कार्यक्रममा नेकता तथा कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो ।





प्रतिक्रिया