बाजुरा : कीतिचौर माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमर बहादुर विकले समुदायिक विद्यालयमा अध्ययनरत बालबालिकाको भविष्यमाथि कसैले पनि खेलबाड गर्न नहुने बताएका छन् ।
विष्णु वाग्ले स्मृति शिक्षा सहयोग अक्षयकोष स्थापना कार्यक्रममा बोल्दै सामुदायिक विद्यालयमा गरिबका छोरा छोरी पढ्ने भएकाले उनीहरुको जीवनमाथि खेलबाड गर्ने अधिकार कसैसंग नभएको र यदि त्यस्तो गरेको खण्डमा सबैले प्रतिकारका साथ अगाडी बढ्नु पर्ने बताएका हुन् ।
गौमुल गाउँपालिका वडा नं.४ का वडाध्यक्ष समेत रहेका विकले काठमाण्डौमा पढ्ने विद्यार्थीहरुसंग प्रतिस्पर्धा गर्न सक्ने विद्यार्थीहरु यहाँ उत्पादन गर्ने प्रतिवद्धतासहित अघि बढिरहेका बताए । पछिल्लो समय विद्यालयको शैक्षिक गुणस्तर सुधारन्मुख दिशातर्फ गईरहेको बताउँदै थप सुधारका लागि सबै सक्रिय भूमिका खेल्नु पर्ने बताए ।
उनले भने धनीका छोरा छोरी धनगढी, काठमाण्डौ पढिरहेका छन्, शैक्षिक सामाग्री किन्न नसक्ने, विराम लुकाएर मर्नुपर्ने अवस्थाका, सलाई किन्न नसक्ने, छाक टार्न मुस्किल हुने मानिसहरु हाम्रो समुदाय भित्र बसिरहेका छन्, उनीहरुको सुन्दर सपना र सुन्दर भविष्यमाथि खेलबाड गर्नुहुदैन्, यसका लागि विद्यालयले विभिन्न शैक्षिक गतिविधिहरु सञ्चालन गरिरहेको छ ।
अध्यक्ष विकले शैक्षिक क्षेत्रको आधार निर्माण गर्न र उत्कृष्ट शिक्षा दिनका वैशाखबाट अंग्रेजी माध्यमबाट पठनपाठन गर्ने गरी तयारी थालिएका बताए । जसका लागि सुझाव संकलनदेखि विभिन्न व्यक्तित्वसंग छलफल तथा संवाद भईरहेको बताए ।
अक्षयकोष स्थापना भएकोमा खुशी व्यक्त गर्दै उक्त कोषबाट शैक्षिक सामाग्रीहरु नभएका र विभिन्न समस्याले अध्ययनबाट बञ्चित भएका बालबालिकालाई पढाईमा सहयोग गर्ने बताएका छन् ।
त्यस्तै कार्यक्रममा वडा नं.६ का वडाध्यक्ष प्रकाश बहादुर रोकायाले गरिब, विपन्न तथा जेहान्दार विद्यार्थीको सपना र भविष्यका लागि स्थापना भएको अक्षयकोषले शैक्षिक क्षेत्रको विकासमा टेवा पुग्ने बताएका छन् ।
विष्णु वाग्ले स्मृति शिक्षा सहयोग अक्षयकोष स्थापना
गौमुल गाउँपालिका वडा नं.४ कालादहमा रहेको कीर्तिचौर माध्यमिक विद्यालयमा स्व.विष्णु वाग्ले स्मृति शिक्षा सहयोग अक्षयकोष स्थापना गरिएको छ । कीर्तिचौरमा अध्ययनरत अनाथ, गरिव, विपन्न तथा जेहान्दार बालबालिकाको सुनौलो भविष्यका लागि अक्षयकोष स्थापना गरिएको हो ।
सामाजिक अभियान्ता शिव कुमार पन्त र सिताराम विडारीको अविरल सहयोगमा आज एक औपचारिक कार्यक्रमका बिच अक्षयकोष स्थापना गएिको विद्यालय व्यवस्थापन समिति अध्यक्ष अमर बहादुर विकले बताएका छन् ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वि.कलाई १ लाख १ हजार १ सय रुपैयाँको चेक हस्तान्त्ररण गर्दै अक्षयकोष स्थापनाको घोषणा गरिएको थियो । अक्षयकोष कार्यक्रममा मन्तव्य राख्दै सामाजिक अभियान्ता दुबै जनाले आगमी दिनमा पनि आफूले सकेजति सहयोग गर्ने बताएका छन ।
गरिब, विपन्न वर्गका बालबालिकाको भविष्यका लागि स्थापना गरिएको अक्षयकोषले सुन्दर भविष्य निर्माण गर्ने विश्वस व्यक्त गरे । कार्यक्रममा प्रमुख अतिथि प्रकाश बहादुर रोकायाले स्व. विष्णु वाग्लेको फोटोमा माल्यापर्ण गर्दै श्रद्धासुमन व्यक्त गरेका थिए ।
कार्यक्रममा विभिन्न नृत्य समेत प्रस्तुत गरिएका थिए । भने परीक्षामा उत्कृष्ट अंक प्राप्त गरी स्थान ल्याउने विद्यार्थी र अनुशासित, गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा उत्कृष्ट खेल खेल्ने खेलाडीलाई सम्मान सहित पुरस्कार वितरण गरिएको थियो ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष अमर बहादुर विकको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको प्रमुख अतिथि वडा नं.६ का वडाध्यक्ष प्रकाश बहादुर रोकाया रहनुभएको थियो । भने अतिथिमा सामाजिक अभियान्ता शिव कुमार पन्त, सिताराम विडारी, नेकपा एमाले जिल्ला कमिटी सदस्य धनलक्ष्मी जोशी, विव्यस सदस्य चन्द्र रोकाया लगायत रहनुभएको थियो ।
शिक्षक रोहित कुमार थापाले सञ्चालन गरेको कार्यक्रममा जनप्रतिनिधि, अभिभावक, शिक्षक, राजनीतिक दल, समाजसेवि, बृद्धीजिवी, पत्रकार लगायतको बाक्लो उपस्थिति रहेको थियो ।




प्रतिक्रिया