बाजुरा : बाजुरामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । बुढीनन्दा नगरपालिका-५ का ४४ वषीय अमर बहादुर विष्टको भिरबाट लडेर मृत्यु भएको हो ।
नन्देश्वरी माध्यमिक विद्यालयका कार्यालय सहयोगि समेत रहेका विष्टको मंगलबार राति अन्दाजी १० बजे सोही वडाको काल्सिलस्थित कोल्न्या खोलामा भिरबाट लडेर मृत्यु भएको उनका दाजु सस्तराम विष्टले जानकारी दिएका छन् ।
विद्यालयको कामका लागि वडा कार्यालय बिर्सैन गएको र फर्किने क्रममा गोरेटो बाटोबाट करिब ३० मिटर तल खसेर मृत्यु भएको उनले बताए । मृतक बिष्टका एक छोरा, तीन छोरी र श्रीमती रहेका छन् ।





प्रतिक्रिया